मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

मेचीनगरका मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१६ पौष २०८०, सोमबार

झापा झापाको मेचीनगर नगरपालिकाले नगरप्रमुखको कार्यकक्षमा दुर्व्यवहार गर्ने व्यक्तिलाई कारबाहीको माग गरिएको छ । गत शुक्रबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको कार्यकक्षमा नै अमर्यादित र अशिष्ट भाषा प्रयोग गर्दै दुर्व्यवहार गर्ने ठेकेदार राजकुमार थापा र प्रभात राईलाई कारबाहीको माग गर्दै आइतबार मेचीनगर नगरपालिकाले प्रेस विज्ञप्ती जारी गरेको छ । नदिजन्य पदार्थ उत्खनन, रकम असुली तथा ठेक्कापट्टा सम्बन्धि बिषयमा छलपल हुँदै गर्दा नगरप्रमुखको कार्यकक्षमा प्रवेश गरेका थापा र राईले अभद्र व्यवहार देखाएकाले कानून बमोजिम कारबाहीको माग गरिएको हो । 

नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीको संयुक्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘कन्ट्याक्टर राजकुमार थापा र निजको साथका लागि आएका प्रभात राई समेतबाट दुरासय राखी सभ्य समाजले सहन गर्न नसक्ने गरी अमर्यादित अशिष्ट र अभद्र एवं हर्कतपुर्ण व्यवहार नगरप्रमुखको कार्यकक्षमा नै भयो ।’  

बिज्ञप्तीमा अगाडी भनिएको छ, ‘सर्वप्रथम उक्त अशिष्ट, अभद्र र अमर्यादित हर्कत प्रति दुःख, खेद तथा भत्सर्ना गर्दछौं । जति र जुन सभ्य शब्दले खेद व्यक्त गरे पनि यस नगरपालिकाको संबैधानिक, कानूनी एवं संस्थागत मर्यादामा आँच पुर्याउने गरी भएको उक्त हर्कत गर्ने व्यक्तिहरुलाई प्रचलित नेपाल कानून बमोजिम उचित र पर्याप्त कारबाही गर्न माग गर्दछौं ।’

शुक्रबार नगरप्रमुख बुढाथोकीको कार्यकक्षमा नै प्रवेश गरी राजकुमार थापा नेतृत्वको समूहले नगरका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई दुव्र्यवहार गरेको थियो भने नगरप्रमुखको कार्यकक्षमा रहेका प्रमुख, उपप्रमुख र नगरका शाखा प्रमुख अधिकृतहरुकै सामुन्ने असम्भ र अमर्यादित भाषाले गाली गलौच गरेको थियो । घट्नाका बिषयमा नगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीले शुक्रबार नै जिल्ला प्रशासन कार्यालयमा सुरक्षा प्रदान गर्ने र दोषीलाई कारबाहीका लागि पत्रचार गरिसकेका छन्  । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै