मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

आत्महत्या दुरुत्साहन आरोपमा बिर्तामोडका न्यौपाने पक्राउ

देश प्रदेश डेस्क 5476+ समाचार ( )
९ आषाढ २०८१, आइतबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा आत्महत्या दुरुत्साहन गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।प्रहरीले बिर्तामोड १ का होम न्यौपानेलाई आज पक्राउ गरेको हो । गत जेठ ३० गते हराएर भोलिपल्ट शिवसताक्षी १० स्थित जंगलभित्र झुन्डिएको अवस्थामा फेला परेकी बिर्तामोड १ की ३६ वर्षीया भगवती प्रसाईलाई मृतक परिवारले आत्महत्या दुरुत्साहनको आरोपमा उजुरी दिएपछि प्रहरीले  उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ । मृतक परिवारले प्रमाणसहित उजुरी दिएपछि त्यसको आधारमा बोलाइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।

दोषीमाथि कार्वाहीको माग गर्दै मृतकका आफन्तहरु आज ठूलो संख्यामा इलाका प्रहरी कार्यालय झिलझिले गएका थिए । उनीहरुले हिजो पनि इप्रका झिलझिले घेराउ गरेका थिए । मृतक परिवारले प्रमाणको रुपमा अडियो बुझाएको छ । सो अडियोलाई प्रमाणित गराउनका लागि झापा जिल्ला अदालत पठाएको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए । दोषीमाथि कार्वाहीको माग गर्दै आफूहरुले प्रहरीलाई उजुरी दिएको मृतकका जेठानी गंगा प्रसाईले बताईन् । यसअघि आफन्तहरुले हत्याको आशंका गरेका थिए ।

गत जेठ ३० गते भगवती घरबाट हराएकी थिइन् भने त्यसको भोलिपल्ट जेठ ३१ गते दिउँसो करिव ३ बजे शिवसताक्षी १० स्थित जंगलमा उनी झुन्डिएको अबस्थामा फेला परेकी थिइन् । सुनसरी प्रकाशपुर माइत घर भएकी भगवतीका श्रीमान् खड्ग प्रसाई वैदेशिक रोजगारीका लागि कतारमा रहेका थिए । उनीहरुका १७ र १२ वर्षका दुई छोराहरु रहेका छन् । आरोपित न्यौपाने र भगवती एकै ठाउँमा बस्दथे । न्यौपानेले ज्यान मार्ने धम्की दिएको अडियो प्रहरीलाई बुझाएको मृतकका आफन्तले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार