मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

झापाकाे ओम साई पाथीभरा नर्सिङ कलेजले मनायाे २०४ औँ अन्तर्राष्ट्रिय नर्सिङ दिवस

देश प्रदेश डेस्क 5473+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

झापा / हाम्रा नर्स, हाम्रो भविष्य, हेरचाहको आर्थिक शक्ति’ भन्ने मूल नाराका साथ २०४ औँ अन्तर्राष्ट्रिय नर्सिङ दिवस विभिन्न कार्यक्रमका साथ नेपाललगायत विश्वभर मनाइँदै छ।

झापाको भद्रपुरमा रहेको ओम साई पाथिभरा नर्सिङ कलेजले पनि एक कार्यक्रम गरि अन्तर्राष्ट्रिय नर्सिङ दिवस भव्य रूपमा मनाएको छ । 

कलेजका सबै विद्यार्थी तथा प्रशिक्षकहरूसहित भएर भद्रपुरको चन्द्रगढी बजार, मेची बहुमुखी क्याम्पस, प्रादेशिक अस्पताल भद्रपुर, सगरमाथा चाेक  हुँदै विभित्र नारा लेखिएका प्ले कार्ड बाेकेर प्रभात फेरि निकालेर हस्पिटलमा पुगेर समापन गरेका थिए।
प्रभातफेरि पश्चात् आफ्नै भवनमा हस्पिटलका सञ्चालक बाल कुमार पाेखरेलले पानसमा बत्ती बालेर कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

कलेजिकि संयोजक पवित्रा ढुङ्गानाले आज भनेकाे नर्सिङ पेशामा आबद्ध हुनेहरुकाे विषेश दिन रहेकाे बताईन। उनीले भनिन, 'नर्स भनेकाे पेशा नभएर सेवा हाे नर्सले मन लगाएर काम गरेपछि समाजनै स्वस्थ्यकार हुन्छ' ।

त्यसैगरि कलेजकी प्रधानाध्यापक ज्याेति भट्टराईले  वर्षभरि काम गर्ने नर्सहरुकाे मुल्यांकन गर्ने दिन रहेकाे बताउदै नर्स भनेकाे एउटा आमा हाे, एउटा देवीकाे रूप हाे भन्दै याे पेशा सन्सारमा सबैभन्द बढी माग भएकाे हाे ।

हस्पिटलमा कार्यरत कर्मचारी  मध्ये आशा गुरुङलाई उत्कृष्ट काम गरेकाे भन्दै खादा दाेषल्ला र मायाको चिनाे उपहार दिएर सम्मान गरिएकाे थियाे भने वाड ईन्चार्जहरुलाई पनि खादा ओडाएर सम्मान गरिएकाे थियोे ।

कार्यक्रममा  विद्यार्थीले गित तथा कविता वाचन गर्दै फ्लाेरेन्स नाईटङ्गेलकाे सम्झनामा केक काटेर कार्यक्रमकाे शाेभा बढाएका थिए ।

हस्पिटलका प्रमुख प्रसासकिय दिप पाैडेलले युद्धमा घाईते भएका सिपाहीकाे उपचार गरेर मानवता देखाएकाेले उनीकेै सम्झनामा याे दिवस मनाईने बताए।

कार्यक्रमकाे स्वागत मन्तव्य राखेकि विद्यार्थी सृष्टि सागर रेग्मीले फ्लाेरेन्स नाईटिङ्गेलकाे बारेमा प्रकाश पारेकि थिईन।
नर्सिङकी संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्म जयन्तीमा हरेक वर्ष मे १२ मा विश्वभर अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइन्छ। यो दिन नर्सहरूलाई सम्मान गर्न र नर्सिङ पेसालाई बढावा दिनका लागि विशेष मानिन्छ।  
रोगबाट निको हुनमा औषधि र उपचारको जति भूमिका हुन्छ उत्तिकै उचित हेरचाहले महत्त्वपूर्ण भूमिका खेल्छ। यसमा चौबीसै घण्टा बिरामीको हेरचाहमा डाक्टरभन्दा नर्सहरूले ठुलो जिम्मेवारी वहन गर्छन् । उनीहरूको सम्मानमा हरेक वर्ष मे १२ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय नर्स दिवस’ मनाइन्छ।

हस्पिटलका सञ्चालक बाल कुमार पाेखरेलकाे सभापतित्वमा सम्पन्न भएको कार्यक्रमकाे सञ्चालन अरुसी खनाल र आयुसा भट्टराईले सम्युक्त गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार