मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

पर्साको आँप बगैँचाबाट १४० किलो गाँजा बरामद, कारोबारी फरार

देश प्रदेश डेस्क 5481+ समाचार ( )
१० श्रावण २०८३, आइतबार

झापा / पर्सा जिल्लाको छिपरमाई गाउँपालिका–१ मिर्जापुरस्थित एक आँप बगैँचाबाट प्रहरीले १४० किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उक्त परिमाणको गाँजा बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बलको मिर्जापुरस्थित बीओपीको संयुक्त गस्ती टोलीले शनिबार राति उक्त स्थानमा छापा मारेको थियो। खानतलासी गर्ने क्रममा आँपको बगैँचाभित्र भुइँमा रहेको घाँसमा लुकाएर राखिएको अवस्थामा १३ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी टोली पुग्नुअगावै तस्कर तथा कारोबारीहरू फरार भएका कारण घटनास्थलबाट कोही पनि पक्राउ परेका छैनन्। बरामद गरिएको गाँजालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ र उक्त अवैध ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी कार्य तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै