मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

माछाभित्र ब्राउन सुगर हालेर कैदी भेट्न जाने पक्राउ

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१७ माघ २०८०, बुधवार

झापा । काँचो माछाभित्र ब्राउन सुगर हालेर कैदी भेट्न जाने व्यक्ति पक्राउ परेका छन्।

बर्दिया जिल्ला कारागारमा कैदीलाई भेट्ने बहानामा काँचो माछाभित्र प्रतिबन्धित लागुऔषध ब्राउन सुगर लुकाएर लैजान खोज्ने जिल्लाको गुलरिया नगरपालिका – २ संगमबस्तीका २२ वर्षीय विजय तिरूवा पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी तुल्सीराम अर्यालले सेतोपाटीलाई बताए।

'कारागार सुरक्षामा खटिएका सुरक्षाकर्मीले जाँच गर्ने क्रममा माछाभित्र लुकाई लैजान लागेको ब्राउन सुगर बरामद गरेका हुन्,' डिएसपी अर्यालले भने, 'पक्राउ परेका व्यक्तिउपर थप अनुसन्धान हुन बाँकी छ।'

विजयले काँचो माछाभित्र ५२० मिलीग्राम ब्राउन सुगर लुकाएका थिए।

विजयले जेलमा रहेका साथीको आग्रहमा माछाभित्र ब्राउन सुगर राखेर पुर्‍याउन गएको बयान दिएका छन्।

बुधबार नै जिल्लाको मधुवन नगरपालिका – ५ गाउँ नम्बर १० का २४ वर्षीय किरण पुन मगर १ ग्राम ६३० मिली ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय ढोढरी र  सानो श्रीबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा किरणलाई घरबाटै पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार