मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

डेढ महिनामा कनकाईका ९७ जनाले लिए भूमि प्रशासनसम्बन्धी सेवा

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२७ श्रावण २०८३, बुधवार
झापा नगरपालिकाको भूमि प्रशासन शाखामार्फ कनकाई नगरपालिकाबाट हालसम्म ९७ जनाले भूमि प्रशासनसम्बन्धी सेवा लिएका छन् ।नगरपालिकाका भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालका अनुसार कनकाई नगरपालिकाले गत असार ८ गतेदेखि भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा ल्याएको थियो । उनका अनुसार, भूमि प्रशासन शाखामार्फत धनीपुर्जा वितरण तथा जग्गापाससम्बन्धी कार्य सहज रूपमा भइरहेको छ । नगरपालिकाको भूमि प्रशासन शाखामार्फत स्थानीयवासीलाई धनीपुर्जा वितरण, जग्गापास तथा कित्ताकाटलगायतका सेवा प्रदान हुँदै आएको छ ।

भूमि प्रशासन तथा मालपोत सेवाअन्तर्गत धनीपुर्जा वितरण, कित्ताकाट तथा जग्गापाससम्बन्धी कार्य सहजरूपमा अघि बढिरहेकाे उनले बताए ।

 लामो प्रयासपछि भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउन सफल भएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।  यसबाट नगरवासीले सहज, छिटो र पारदर्शी रूपमा सेवा पाउन थालेको उनकाे भनाइ छ ।
कनकाई नगरपालिकामा भूमि प्रशासनसम्बन्धी सेवा प्रवाहका लागि १३ जना कर्मचारी खटाइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार