मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

सवारी दुर्घटनामा ७ जनाको मृत्यु

देश प्रदेश डेस्क 5360+ समाचार ( )
२ पौष २०८१, मङ्गलबार

                                                                                                       साङ्केतिक तस्वीर

झापा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।

दाङ, राप्ती गाउँपालिका-२ कटेस नालास्थित सडकमा बा.४ ख २२६१ नम्बरको ट्रकले रा.८ प ४१४६ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती गाउँपालिका-३ बसन्तपुर बस्ने १८ वर्षीय सोनु गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भालुवाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

कास्की, पोखरा महानगरपालिका-२६ सुन्दरीबजारस्थित सडकमा छेउमा पार्किङ गरी राखेको लु.२ ख ४५२७ नम्बरको टिपरमा ग.११ प ६०५६ नम्बरको मोटरसाइकल ठोक्कर खाई सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक पोखरा महानगरपालिका-३३ बरपौवा बस्ने २८ वर्षीय अशोक लामिछानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको  पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, सुनबर्षी नगरपालिका-९ भेरुवाथानस्थित सडकमा मे.४ प १८२३ नम्बरको मोटरसाइकल ना.३ ख ९९०४ नम्बरको ट्रकमा ठक्कर खाई सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक सुनबर्षी नगरपालिका-९ बालुबारी बस्ने २५ वर्षीय स्वाचन ऋषिदेवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, बर्दिबास नगरपालिका-१ रातु पुलस्थित सडकमा बा.प्र ०३-००१ ख २७२९ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाम, माङसेबुङ गाउँपालिका-३ सल्लेनीस्थित भित्री सडकमा ना.३ ख ६०३७ नम्बरको ट्रकको पछाडिको दाहिने साईडको चक्काको हेङ्गर बल्टु भाँच्चिई बनाउने क्रममा गाडी उठाउने जग चिप्लिन गई उक्त ट्रकको बडीले च्यापिएर ट्रक चालक पाँचथर हिलिहाङ गाउँपालिका-७ भारापा बस्ने ३८ वर्षीय कुमार तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

मोरङ, बुढिगंगा गाउँपालिका-३ कमला स्टिल फ्याक्ट्री अगाडि ना.६४ प ७२० नम्बरको मोटरसाइकले को.५ प ७०६८ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा को.५ प ७०६८ नम्बरको मोटरसाइकल चालक सोही गाउँपालिका-६ बस्ने ४५ वर्षीय नगेन्द्र गच्छदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ना.६४ प ७२० नम्बरको मोटरसाइकल चालकको फरवार्ड सामुदायिक अस्पताल दुहबीमा उपचार भइरहेको छ ।

मकवानपुर, हेटौँडा उपमहानगरपालिका-४ रजतजयन्ती चोकमा ना.६ ख ३३७६ नम्बरको ट्रकले किच्दा सडक छेउमा सुतेका हाल वतन नखुलेका अन्दाजी ३५ वर्षीय कृष्ण न्यौपाने नाम बताउने पुरुषको मृत्यु भएको छ । सोमबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौँडा अस्पताल हुँदै एलाईभ अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार