मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

श्रीमतीकाे चक्कु प्रहारबाट श्रीमान घाइते

देश प्रदेश डेस्क 5473+ समाचार ( )
१८ मंगशिर २०८२, बुधवार

झापा / बुटवलमा श्रीमतीको चक्कु प्रहारबाट श्रीमान गम्भीर घाइते भएका छन्।

बुटवल उपमहानगरपालिका वडा नं. ११ नहरपुरका ३० वर्षीय सुरज गुरुङलाई उनकी श्रीमती ३८ वर्षीय पवित्रा गुरुङले मङ्गलबार राति चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक विष्णुदेव गिरीले चक्कु प्रहारबाट गम्भीर घाइते भएका गुरुङको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको बताए।

राति करिब २ बजेतिर भएको उक्त घटनापछि स्थानीयले घाइतेलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा बुटवलबाट थप उपचारको लागि भैरहवा पठाइएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए। गिरीका अनुसार चक्कु प्रहारबाट सुरजको टाउको र घाँटीमा गहिरो चोट लागेको छ।

बुटवल उपमहानगरपालिका-११ का वडा सदस्य नकुल शाही ठकुरीका अनुसार घाइते सुरज बुटवलको नगर प्रहरीमा कार्यरत छन्।

उनका अनुसार पवित्राले विगत तिन चार वर्षदेखि डिप्रेसनको औषधी सेवन गर्दै आएकी थिइन्।

सुरज दिउँसो ड्युटीमा गए पनि श्रीमान् श्रीमतीको बिचमा साँझ बिहान नियमित जस्तो झैँ झगडा र कुटाकुट भइरहन्थ्यो। पवित्राले यसअघि पनि सुरज र घरका अन्य सदस्यसँग झैँ झगडा गर्ने र कुटपिट समेत गर्दै आएकोले सुरज राति अलग्गै कोठामा सुत्दै आएका थिए।

मंगलबार पनि अलग्गै कोठामा सुतेको बेला कोठाको ढोका फोडेर चक्कु प्रहार गरेको वडाध्यक्ष शाहीले बताए।

मध्यरातमा एक्कासि चक्कु प्रहार भएपछि सुरज ज्यान जोगाउन भागेर बाहिर निस्किएका थिए।  बाहिर आइसकेपछि टाउको र घाँटीमा चक्कु प्रहार गरेको घाइते सुरजलाई उद्धृत गर्दै वडा सदस्य शाहीले बताए।

राति हो हल्ला र रुवाबासी भएको सुनेर छिमेकीहरू जाँदा सुरज रक्तमुच्छेल भएर बाहिर पल्टिएका थिए। स्थानीयले तत्काल घाइते सुरजलाई अस्पताल पठाएको र पवित्रालाई प्रहरीको जिम्मा लगाएको वडा सदस्य शाहीले जानकारी दिए।

घरमा उनीहरूका अन्दाजी ७ वर्षका एक छोरा मात्रै रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार