मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

कन्काई नदीको कटानले ९ परिवार बिस्थापित

देश प्रदेश डेस्क 5476+ समाचार ( )
६ आषाढ २०८१, बिहीबार

झापा कन्काई नदीको कटानले झापा शिवसताक्षीका ९ परिवार बिस्थापित भएका छन् ।

गएराति ८.३० बजेको समयमा शिवसताक्षी नगरपालिका १० बिहानी टोलको पश्चिम तर्फबाट कन्काई माई खोलाले कटान सुरु गरेपछि त्यस टोलका बासिन्दा विस्थापित बनेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । अति जोखिम रहेका ९ परिवार बिस्थापित बनेकोमा ७ परिवारलाई शिवसताक्षी नगरपालिकाको १० नम्बर वडा कार्यालयको समन्वयमा सोही ठाउँमा रहेको मुक्तिघाटको भवनमा स्थानान्तरण गरिएको छ । दुई परिवार भने लालपानीस्थित आफ्नै घरमा गएकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

वडा नं १० बस्ने पञ्ची ऋषिदेव, पुष्प ऋषिदेव, करण ऋषिदेव, वीरेन्द्र ऋषिदेव,प्रेम उप्रेती, गोलबट्टी ऋषिदेव र टुना ऋषिदेवको परिवारलाई स्थानान्तरण गरिएको वडाध्यक्ष हर्कबहादुर सिगुले बताए । १४ जना बालबालिकासहित ३४ जना बिस्थापितहरुलाई खाने व्यवस्था वडा कार्यालयले मिलाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार