मुख्य समाचार
झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न |

पत्रकारहरूको न्यूनतम पारिश्रमिक बढाउने कुरामा म लागिपर्छुः मन्त्री गिरी

देश प्रदेश डेस्क 5363+ समाचार ( )
२२ वैशाख २०८१, शनिबार

झापा । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पत्रकारहरूको न्यूनतम पारिश्रमिक बढाउने कुरामा आफू लागिपर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गिरीले मिडिया काउन्सिललगायतका मिडियासँग सम्बन्धित कानुनहरू जति सक्दाे चाडाे पारित गराउन पनि आफूले विशेष ध्यान दिने आश्वासन दिए ।

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा पनि आफूले सक्दो पहल गर्ने भन्दै नेपाली मिडियाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा राजनीतिक दलहरूसँगै महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे  ।

गिरीले भने, ‘श्रमजीवी पत्रकार ऐन बन्यो तर कार्यान्वयन भएको छैन,  यसमा के कमी छन् र यसलाई कार्यान्वयन गर्नका लागि के गर्नुपर्ने हो ? यस विषयमा मैले आफ्नो ठाउँबाट सकेसम्म लागि पर्छु । अब मिडिया काउन्सिल विधेयकको कुरा छ । यसको अलावा मिडियासँग सम्बन्धित ५/६ वटा विधेयकहरू पनि छन् । ती विधेयकहरूको अवस्था हेरेर त्यसलाई छिटो समितिहरूमा लैजाने, समितिहरूबाट छिटो टुङ्ग्याउने   कुरामा जाेड दिन्छु' ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै