झापा / नेपाल सरकारले देशका विभिन्न एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माण कार्यलाई अगाडि बढाउन आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६७ करोड एक लाख अर्थात् करिब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको आगामी आवको वार्षिक विकास कार्यक्रमअन्तर्गत चालु अवस्थामा रहेका ठूला आयोजनादेखि नयाँ प्रस्तावित सुरुङमार्गहरूको अध्ययनलाई समेत प्राथमिकतामा राखेर यो बजेट बाँडफाँड गरिएको हो ।