मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

डेंगीबाट सङ्क्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिन्छः मुख्यमन्त्री थापा

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२ भाद्र २०८०, शनिबार

झापा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेंगी सङक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताएका छन् । 

धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसितको भेटमा आज मुख्यमन्त्री थापाले डेंगी नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले प्रभावकारी कदम चाल्ने बताए ।

मुख्यमन्त्री थापाले ध्यानाकर्षणपत्र बुझ्दै डेंगी नियन्त्रण एवं रोकथामका लागि स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक औषधिलगायत सामग्रीसहित सम्पूर्ण उपचारको जिम्मा प्रदेश सरकारले लिने प्रतिबद्धता व्यक्त गरे । 

विराटनगरस्थित एक हजार शय्याको सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रमा डेंगीलगायत अन्य रोगबाट पीडितको उपचार सरकारले निःशुल्क गर्ने व्यवस्था मिलाएको उनले बताए । 

मुख्यमन्त्री थापाले डेंगी नियन्त्रणका लागि माग गरिएको ‘स्प्रे मेसिन’ प्रदेश विपद् व्यवस्थापन समितिमार्फत उपलब्ध गराइने जानकारी दिए । 

यस्तै कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतले समयमै डेंगी रोग नियन्त्रणका लागि सबैको सहयोग आवश्यक रहेको औँल्याए ।    

मुख्यमन्त्री थापालाई नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीका धरानस्थित नगरसभापतिले संयुक्तरुपमा ध्यानाकर्षण पत्र बुझाएका थिए । 

कांग्रेसका नगरसभापति श्याम पोखरेल, एमालेका हर्कजङ एभेङ, माओवादी केन्द्रका सर्वजित राई, नगरपालिकाका पूर्वप्रमुख तिलक राईलगायतले डेंगी नियन्त्रण तथा सङ्क्रमितको उपचारका लागि सहयोग गर्न मुख्यमन्त्री थापालाई आग्रह गरे । तीन महिनायता डेंगीका कारण ११ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार