मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

चारजना सप्रजिअसहित १२ जना उपसचिवको सरुवा

देश प्रदेश डेस्क 5482+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

झापा / गृह मन्त्रालयले ४ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित मन्त्रालय अन्तर्गत कार्यरत १२ जना उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले बुधबार साँझ सरुवा गर्ने निर्णय गरे पनि सरुवा भएकाको सूची बिहीबार साँझ मात्रै सार्वजनिक गरेको हो ।

सार्वजनिक सूची अनुसार ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला र धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको मन्त्रालयमा सरुवा भएको छ भने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेको कारागार कार्यालय झुम्का, सुनसरीमा सरुवा भएको छ ।

त्यस्तै, गृह मन्त्रालयका उपसचिव चिरञ्जीवी भण्डारीलाई भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने मन्त्रालयका उपसचिव गीता घिमिरेलाई ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै कारागार कार्यालय झुम्काका कारागार प्रशासक ध्रुवप्रसाद कोइरालालाई धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने मन्त्रालयका उपसचिव खगेन्द्र सुवेदीलाई धनकुटाको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ ।

यस्तै मन्त्रालयका उपसचिव चूडामणि शर्मालाई चितवनको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने उपसचिव चेतराज बराललाई सिराहाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै केन्द्रीय कारागार कार्यालय, जगन्नाथ देवल, काठमाडौँका कारागार प्रशासक कृष्णबहादुर कटुवाललाई गृह मन्त्रालय सरुवा गरेर मन्त्रालयका उपसचिव अञ्जन न्यौपानेलाई जगन्नाथ देवल पठाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार