मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

तीनकुने घटना : पत्रकार महासंघले सरकारलाई दिएको ‘अल्टिमेटम’ सकियो, माग सम्बोधन नगरिए देशव्यापी आन्दोलन गर्ने

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२६ चैत्र २०८१, मङ्गलबार

झापा / गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमण र पत्रकार सुरेश रजकको हत्याका सम्बन्धमा स्वतन्त्र छानबिन गरी संलग्नहरूमाथि कानुनी कारबाही माग गर्दै नेपाल पत्रकार महासंघले सरकारलाई दिएको एक हप्ते अल्टिमेटम सकिएपछि माग पूरा गराउन सरकारलाई थप दबाब दिने भएको छ ।

मंगलबार महासंघका उपाध्यक्ष उमिद बागचन्दको अध्यक्षतामा बसेको बैठकलेमाग पुरा गराउन सरकारलाई थप दबाब दिने निष्कर्ष निकालेको हो । 

नेपाल पत्रकार महासंघ बैठकले दिवंगत पत्रकार सुरेश रजकप्रति शोक व्यक्त गर्न केन्द्रीय समितिले चैत २७ गते बुधबार काठमाडौंको माइतीघर मण्डलामा साँझ ६ बजे दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा गर्ने, श्रद्धाञ्जली सभामा सहभागी हुन महासंघका उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेश समिति र शाखा तथा संस्थाहरूलाई सहभागी हुने निर्णय गरेको छ ।

उपत्यका बाहिरका जिल्ला शाखाहरूलाई यही प्रकृतिको कार्यक्रम गर्न निर्देशन दिने, चैत २९ गते शुक्रबार रजकको हत्याका सम्बन्धमा स्वतन्त्र छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगलाई ध्यानाकर्षणपत्र बुझाउने । प्रदेश समिति र शाखाहरूले पनि सोहीबमोजिम गर्ने, चैत ३१ गते सरकारलाई ‘नेपाल पत्रकार महासंघले यही चैत १८ गते प्रस्तुत गरेका माग पुरा गर’ भन्ने सन्देश विभिन्न माध्यमबाट गृहमन्त्रीसमक्ष पठाउन देशभरका पत्रकारहरूलाई आह्वान गर्ने निर्णय पनि महासंघ बैठकले गरेको छ ।

‘तीनकुनेमा भएको प्रेस विरोधी गतिविधिलाई लिएर २०८२ बैशाख २ गते सम्पादकहरूसँग छलफल गर्ने, वैशाख ४ गते सञ्चारगृहका सञ्चालक आबद्ध रहेका प्रमुख संस्थाहरूसँग छलफल गर्ने, वैशाख ६ गते महासंघका पूर्व सभापति/अध्यक्षहरूसँग छलफल गर्ने, प्रदेश र जिल्ला शाखाले पूर्व सभापति/अध्यक्षसहित अग्रज पत्रकारहरूसँग छलफल गर्ने निर्णय गरिएको छ,’महासंघका महासचिव रामप्रसाद दाहालद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमण र पत्रकार सुरेश रजकको हत्याका सम्बन्धमा स्वतन्त्र छानबिन गरी सात दिनभित्र प्रेस स्वतन्त्रता हननमा संलग्नहरूमाथि कानुनी कारबाही, रजकका परिवारका साथै क्षति पुगेका सञ्चारगृहलाई यथोचित क्षतिपूर्ति र घाइते पत्रकारको निःशुल्क उपचारका लागि नेपाल पत्रकार महासंघले यही चैत १८ गते सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको थियो ।

सरकारले महासंघका माग सम्बोधन नगरे देशव्यापी आन्दोलनको घोषणा गर्ने समेत चेतावनी दिएको छ । चैत्र १५ गते राजावादीले गरेको प्रदर्शनका क्रममा पत्रकार रजक सहित दुई जनाको मृत्यु भएको थियो । 

राताेपाटीबाट कपी गरिएकाेFnj

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै