मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

‘चुनाव आउँछ नेता आउँछन्, जितेर जान्छन् फर्केर आउँदैनन् - झापा कचनकवलवासीकाे गुनासाे

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

झापा ‘चुनाव आउँछ नेता आउँछन्, जितेर जान्छन् फर्केर आउँदैनन् । जनताका समस्या जस्ताको त्यस्तै ।’

यो भनाइ झापाको दक्षिणी क्षेत्र कचनकवलका स्थानीयवासीको हो । कचनकवलका पक्लावन, पक्ली भिट्टा, लोदाबारीलगायतका स्थानीयवासी नेताहरूले आफूलाई वास्ता नगरेको महसुस गर्छन् । चुनावमा जितेर गएपछि जनप्रतिनिधि एकपटक पनि गाउँ नफर्किएको उनीहरू बताउँछन् । उनीहरू आफ्ना पीडामा कुनै पनि तहले सम्बोधन नगरेको भन्दै आक्रोस पोख्छन् । यी क्षेत्रहरूलाई नेपाल सरकारले नेपाली नभई भारतीयजस्तो ठानेर व्यवहार देखाएकोमा उनीहरूको चित्त दुखाइ छ । प्रदेश र सङ्घको त के कुरा स्थानीय जनप्रतिनिधिले समेत वास्ता नगरेको उनीहरूले गुनासो गरे ।  

‘नेतालाई भोट मात्र चाहिने ?’

भोटको समयमा ‘यो गर्दिन्छु, त्यो गर्दिन्छु’ भन्दै भोट माग्न आएका नेता त्यसपछि अहिलेसम्म मतदाताका घरमा नआएको स्थानीय जैनु मियाँ बताउँछन् । नेताप्रति आक्रोसित उनले नेताकै कारण आफूले दुःख पाएको बताए । ‘हिउँदको समयमा धुलो र वर्षायाममा डुबानसँगै हिलाम्मे सडकका कारण कष्टकर जीवन बिताउन बाध्य छौं’ स्थानीय खलिल मियाँ भन्छन्, ‘पानीको निकास छैन, सडकमा नाला छैन । नेतालाई भोट मात्र चाहिने ?’

सोही बस्तीका नर्जुमान अलीको पीडा उस्तै छ । गाउँपालिकाबाट हालसम्म कुनै सुविधा नपाएको उनी बताउँछन् । गाउँका लागि आएको २ सयभन्दा बढी इन्डक्सन चुलो अहिलेका नेताले गायब बनाएको समेत उनले आरोप लगाए । नेपालका बजारमा अत्यधिक महँगो भएका कारण भारतीय बजारमा नै भर पर्नुपरेको उनको भनाइ छ । नेपालको सबैभन्दा होचो ठाउँ कचनकवल स्तम्भ हेर्न आउने सडकको अवस्था व्यवस्थित नभएको उनीहरुले गुनासो गरे ।

सडक र विद्युतको माग
खानेपानी, सडक, पानीको निकास नहुँदा बालाबालिकालगायत वृद्धवृद्धामा रोगको सङ्क्रमण फैलिरहने स्थानीय मुख्तार मियाँ बताउँछन् । सडकका कारण वर्षायाममा नानीहरुलाई विद्यालय पठाउन समस्या हुँदै आएको उनको भनाइ छ । उनी भन्छन्, ‘हाम्रो ठाउँलाई नेपालभन्दा छुट्टै राज्यजस्तो व्यवहार गरिँदै आएको छ ।’ जितेर गएका नेताले कुर्सी पाएपछि जनताको समस्या बिर्सिने गरेको उनी बताउँछन् । उनीहरुले सरकारसँग नालासहितको सडक, विद्युत्, खाना पकाउने इन्धनलगायतका माग गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार