मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

लागूऔषध भित्र्याउने भारतीय पक्राउ

देश प्रदेश डेस्क 5473+ समाचार ( )
१६ आषाढ २०८१, आइतबार

झापा दक्षिणी नाकाबाट लागूऔषध भित्र्याउन खोज्ने अर्का भारतीय पक्राउ परेका छन् ।

हिजो साँझ ६.३० बजेको समयमा झापा गाउँपालिका वडा नं. ५ पन्थापाडाबाट भारत बिहार राज्य किशनगंज जिल्ला धनतौला ग्राम पञ्चायत वार्ड नं. १ बस्ने ३२ वर्षीय तनविर आलम पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।  बीओपी पन्थापाडाबाट खटिएको सशस्त्र प्रहरीले चेकप्वाईन्टमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३७ एच ९५५५ नम्बरको भारतीय मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा मोटरसाइकलमा सवार आलमको साथबाट प्लाष्टिकबाहेक ५ ग्राम ४८० मिलिग्राम ब्राउनसुगर र नेपाली रुपैयाँ ३९ हजार १०० फेला परेको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

उनलाई पक्राउ गरी प्रहरी चौकी शरणामतीमा राखिएको छ । त्यस सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको उनले जनाए  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै