मुख्य समाचार
भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर |

प्रसाईं–लिङ्देन सितयुद्ध टुङ्ग्याउन राप्रपामाथि पूर्व राजाको दबाव

देश प्रदेश डेस्क 5354+ समाचार ( )
१९ पौष २०८०, बिहीबार

झापा पूर्वराजा ज्ञानेन्द्र शाह नागरिक अभिनन्दनका नाममा देशदौडाहामा निस्किएका छन् । राजावादी संघसंगठनले पूर्वराजाहरुको शालिक अनावरणलगायतका नाममा शाहलाई अभिनन्दन गर्ने विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन् । यसैसन्दर्भमा पूर्व राजा ज्ञानेन्द्र शाहले अभियन्ताका रुपमा अघि आएका दुर्गा प्रसाईं र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीचको द्वन्द्व अन्त्यको चाहाना राखेका छन् ।

मेडिकल उद्यमी तथा पछिल्लो समय राजावादीको सशक्त छवि बनाएका प्रसाईं र राप्रपा अध्यक्ष लिङ्देनबीचको सितयुद्ध टुङ्ग्याउन र प्रसाईंको अभियानलाई सहयोग गर्न राप्रपामाथि पूर्वराजाको दबाव परेको समाचार प्रकाशित भएका छन् ।

‘जनतामा राजाको मोह बढेता पनि राज संस्थाको मुद्दा उठाउनेहरु एकै ठाउँमा आउन सकेका छैनन्,’ समाचार स्रोतले भन्यो,‘राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र दुर्गा प्रसाईले उठाइरहेको राजाको मुद्दा एउटै भए पनि लिङ्देन र प्रसाईंको सितयुद्ध जस्तो चलि रहेको छ । यसलाई टुङ्ग्याउन राजाले राप्रपा अध्यक्षमाथि दबाव दिइरहेका छन् ।’ 

समाचारअनुसार मङ्सिर ७ मा दुर्गा प्रसाईंले गरेको आन्दोलनलाई राप्रपाले झापाबाट आफ्नो कार्यकर्ता रोकेर मौन असमर्थन जनाएको  थियो । त्यसबेला पूर्व राजाले लिङ्देनलाई धुलाबारीको मेची क्राउन होटलमा बोलाएर ठूलो छाती बनाएर प्रसाईंलाई सहयोग गर्न सुझाव दिएको स्रोतको भनाइ छ । बुधबार पनि नागरिक अभिनन्दनकै लागि भैरहवा पुगेका पूर्व राजाले धवलसमशेर राणा, राजेन्द्र लिङ्देन, बुद्धि तामाङ लगायतका राप्रपाका शीर्ष नेतालाई लञ्चमा बोलाएको समाचार स्रोतले पुष्टि गरेको छ । 

लञ्च कार्यक्रममा पूर्व राजाले दुर्गा प्रसाईको महाअभियानलाई राप्रपाले साथ दिनुपर्ने विचार राखेका थिए । स्रोतले ‘ठाडो निर्देशन दिएको’ समेत उल्लेख गरेको छ । 

मेची पुलको कार्यक्रमदेखि बुधबारसम्मका प्रसाईंको विभिन्न गतिविधि र अभियानबाट पूर्व राजा निकै प्रभावित भएको समेत स्रोतले उल्लेख गरेको छ । 

‘गणतन्त्र र गणतन्त्रवादी नेताहरुलाई च्यालेञ्ज गर्दै राजालाई जनता माझ बोलाएर २०७९ फागुन १ गते मेचीमा दीप बालेर दुर्गा प्रसाईंले अभियान सुरु गरेकोमा पूर्व राजा प्रसाईंसँग नजिक भएका छन्,’ समाचार स्रोतले भनेको छ, ‘राजा र राज परिवारसँग दुर्गा प्रसाईंको सम्बन्ध सुमधुर हुँदै गएको छ ।’ 

पूर्व राजाको भैरहवा नागरिक अभिनन्दन कार्यक्रमबारे नेपालबाहिर रहेका प्रसाईंले संवाददातालाई प्रतिक्रिया दिँदै भने, ‘राजा सबका साझा हुन्, सबै नागरिकको बराबर अधिकार छ ।’ उनले राप्रपासँगको विषय भने टिप्पणी नगर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार