मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

कनकाई ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

झापा / झापाको कनकाई नगपालिका ६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार ओलीले एमालेका तुलराम बस्नेतलाई १३७ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले ४९३ मत ल्याएकोमा एमालेका बस्नेतले ३५६ र काँग्रेसका रामगोपाल ओलीले ३१७ मत प्राप्त गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७, राप्रपाका नारायणप्रसाद निरौलाले २६, मङ्गोल नेशनल अर्गनाइजेशनका पदम बहादुर तामाङले २०, जनमत पार्टीका शुकलाल राजवंशीले ९, ,नागरिक उन्मुक्ति पार्टीका जमुना राजवंशीले ६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दल बहादुर श्रेष्ठले २ मत ल्याएको निर्वाचन कार्यालय झापाले जनाएको छ । 

स्थानीय तह उपनिर्वाचनअन्तर्गत झापाको कनकाई नगरपालिका–६ मा कुल २ हजार ५८ मतदाता रहेकोमा एक हजार ५१३ मत खसेको थियो । जसमा ८२४ पुरुष र ६८९ महिलाले मतदान गरेका थिए । यसअघि एमालेबाट निर्वाचित वडाध्यक्ष विजयी दीर्घबहादुर थापाको ६६ वर्षको उमेरमा गत असारमा निधन भएपछि सो वडामा उपनिर्वाचन भएको हो । त्यसभन्दा अघि नेपाली काँग्रेसबाट लक्ष्मीप्रसाद ओली वडाध्यक्षमा निर्वाचित भएका थिए । अहिले ओली काँग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएर पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार