मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

दमकका तीन युवा लागूऔषधसहित पक्राउ

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१६ श्रावण २०८१, बुधवार

झापा सीमावर्ती झापा गाउँपालिकाबाट लागूऔषधसहित दमकका तीन युवा पक्राउ परेका छन् ।

हिजो दिउँसो ३.१० बजे झापा गाउँपालिका वडा न. १ सालमारामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले को.३२ प.८९७४ नम्वरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा दमक नगरपालिका वडा न.१२ बस्ने २६ वर्षीय मनिश थापाले प्रहरीलाई देख्नासाथ कालो प्लाष्टिकको पोका भुइँमा फाली भाग्न खोजेका थिए ।

उनीसंगै रहेका दमककै २२ वर्षीय रिकाश बस्नेत र १९ वर्षीय रोमित कट्वाललाई समेत नियन्त्रणमा लिई उक्त कालो प्लाष्टिकको पोका खोली हेर्दा ३ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

मोटरसाइकलसहित तीनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य जारी रहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार