मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह

देश प्रदेश डेस्क 5303+ समाचार ( )
२० जेठ २०८३, बुधवार

झापा / जिल्ला प्रहरी कार्यलयले अपुष्ट समाचारहरु सामाजिक सञ्जाललगायत अन्य समाचार माध्यमबाट प्रसारण नगरिदिन आग्रह गरेकाे छ ।

दमककी २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा अनुसन्धान जारी रहेका बेला विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अपुष्ट सूचना तथा अनुमानका आधारमा सामग्री प्रकाशन हुन थालेपछि जिल्ला प्रहरी कार्यालय झापाले औपचारिक रूपमा ध्यानाकर्षण गराएको छ। प्रहरीले अनुसन्धानलाई प्रभावित पार्ने गरी अपुष्ट विवरण सार्वजनिक नगर्न सञ्चारमाध्यम र सर्वसाधारणलाई आग्रह गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाले आज जारी गरेको प्रेस विज्ञप्तिमा दमक–१० को सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि फेला परेकी दमक–८ बसन्तटोल निवासी रमा तिवारीको हत्या सम्बन्धी अनुसन्धान इलाका प्रहरी कार्यालय दमकबाट जारी रहेको जनाएको छ। अनुसन्धानकै क्रममा रहेका तथ्य, प्रमाण र विवरणहरू आधिकारिक स्रोतबाट पुष्टि नभई अनुमान, अड्कल र अपुष्ट सूचनाका आधारमा समाचार तथा सामग्री प्रकाशन–प्रसारण भएकोप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीका अनुसार अनुसन्धान प्रचलित कानुनबमोजिम निष्पक्ष, तथ्यपरक र व्यावसायिक ढंगबाट भइरहेको छ। अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरणहरू समयअघि सार्वजनिक हुँदा अनुसन्धान प्रक्रियामा प्रतिकूल असर पर्नुका साथै न्याय सम्पादन प्रक्रियामा समेत प्रभाव पर्न सक्ने भएकाले आधिकारिक जानकारीलाई मात्र आधार बनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार