मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |
मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |


काँचो रुख काट्ने अध्यक्षसहित सात पक्राउ

देश प्रदेश डेस्क 5194+ समाचार ( )
५ भाद्र २०८०, मङ्गलबार

झापा  सतासीधाम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित सात जनालाई काँचो सखुवा जातको रुख कटान गरेको आरोपमा पक्राउ गरिएको छ ।

डिभिजन वन कार्यालय इलामले सामुदायिक वनका अध्यक्ष हेमबहादुर थापासहित सातजनालाई पक्राउ गरेको हो । वनबाट २४ वटा सखुवा जातको काँचो रुख कटान गरेको जाहेरीका आधारमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । पक्राउ पर्ने अन्यमा सामुदायिक वनका परिषद् सदस्य बद्री थापा, टोली नं. ८ का टोली प्रमुख शेरबहादुर बुढाथोकी, कार्यालय सचिव केदार भट्टराई, चेन–स मेसिन चलाउने व्यक्ति सुमन राई, ट्याक्टर चालक पदम तामाङ रहेका छन् । त्यस्तै चेन–स मेसिन चलाउने अर्का व्यक्ति इलाम महमाई नगरपालिका–८ का धनबहादुर राई फरार छन् भने शिक्षक तथा सामुदायिक वनका लेखा संयोजक इन्द्र प्रसाईंलाई हाजिर जमानीमा छाडिएको वन कार्यालय इलामले जनाएको छ ।

समूहका उपाध्यक्ष खेम बुढाथोकी हालसम्म फरार छन् । डिभिजन वन कार्यालय इलामका डिएफओ दानबहादुर श्रेष्ठले फरारहरू पनि पक्राउको सूचीमा राखी खोजी कार्य भइरहेको जनाए । उपाध्यक्ष बुढाथोकीले डिभिजन वन कार्यालय इलाममा आफै उपस्थित हुने जानकारी गराए पनि हालसम्म उपस्थित नभएकाले पक्राउ गर्ने तयारी भएको जानकारी दिए । उपाध्यक्ष बुढाथोकीले सताक्षीधामका पत्रकार सेलिङ केसीलाई टेलिफोनमा आफू अस्वस्थ रहेकाले उपस्थित हुन नसके पनि सोमबारसम्ममा हाजिर भइसक्ने उल्लेख गरेका थिए । तर, हालसम्म उनी सम्पर्कमा पुगेका छैनन् । काँचो ठाडो रुख कटान गरेको र सम्बन्धित पदाधिकारी तथा सम्बन्धित पक्षलाई कारबाही गर्नका लागि सामुदायिक वनका संस्थापक अध्यक्ष जगतबहादुर श्रेष्ठ ‘गोपाल’ ले गत जेठ १५ गते इलाममा किटानी जाहेरी दिएका थिए । उनले ६ जनाविरुद्ध किटानी जाहेरी दिए पनि अहिले एकले अर्कालाई बयानका क्रममा पोलेकाले सातजना पक्राउ परिसकेका छन् ।

अन्य पनि पक्राउको चरणमा छन् । संस्थापक अध्यक्ष श्रेष्ठले आफूले ६ जनाविरुद्ध किटानी जाहेरी दिएको बताए । किटानी जाहेरी दिए पनि वनले सम्पूर्ण मुचुल्का, जाँचबुझ गरेपछि मात्रै पक्राउ गरेको बताए । वनले दिएको चिरान आदेशभन्दा बढी काँचो रुख कटान गरेको पाइएपछि आफूले उजुरी दिएको उनले बताए । उनले वन पैदावर अनियमितता गरेको, सामुदायिक वनको समितिले बैङ्क खाता सञ्चालन नगरी आर्थिक कारोबार गरेको अध्यक्ष थापाले ९ लाख रुपैयाँ गोजीमा व्यक्तिगतरूपमा राखेको लेखा समितिले वन पैदावर अनियमिततामा मिलिभगत गरेको, सामुदायिक वनका उपभोक्ताहरूलाई वन पैदावर वितरण नगरी गैरउपभोक्तालाई बिक्री वितरण गरेको विना टेण्डर १७ लाख रुपैयाँ बराबरको वन पैदावर बेचबिखन गरेकोलगायत खुलाउँदै उजुरी दिएका थिए । चिरान आदेश के कति पाएको भन्ने विषयमा हालसम्म पदाधिकारीहरूले खुलाउन सकेका छैनन् ।

किटानी जाहेरी दिने संस्थापक अध्यक्ष श्रेष्ठलेसमेत उपभोक्ता समूहले प्राप्त गरेको एकिन चिरान आदेश भन्न सकेनन् । यस विषयमा इलामसँग बुझ्दासमेत त्यसको यकिन तथ्याङ्क प्राप्त गर्न सकिएन । तर, अनौपचारिक रूपमा प्राप्त सूचनाअनुसार साखु र कुकाठ गरेर ९ सय क्युविक फिट काठको चिरान आदेश प्राप्त भएको बुझिन आएको छ । संस्थापक अध्यक्ष श्रेष्ठले २४ वटा ठाडो रुख काटिएको भनी किटानी जाहेरी दिए पनि हालसम्म १७ वटा मात्र काटिएको प्रमाणित भएको जनाएका छन् । उक्त परिमाण  वन कार्यालयले समेत सदर गरेको छ । जसअनुसार ब्लक नम्बर ५ को भुल्के वन क्षेत्रमा १० वटा रुख काटिएको ठुटा भेटिएको छ, उक्त क्षेत्रमा वन कार्यालयले बरामदी गरेको साखु जातको गोला तथा टुना ७ सय क्युविक फिट रहेको छ, त्यसको व्यवस्थापनको लागि इलाम लगेको जनाइएको छ । त्यस्तै सताक्षीधाम मन्दिर परिसरको २ सय मिटर आसपासमा ५ वटा साखु जातका रुख र १–१ वटा करम र चाँपको रुख काटिएको स्थलगत निरीक्षण गर्दासमेत फेला पारेको छ । ३ सय ६९ हेक्टर क्षेत्रफलमा फैलिएको सतासीधाम सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा लामो समयदेखि काठ तस्करी हुँदै आएको आरोप लाग्दै आएको छ ।

सामुदायिक वनका पक्राउ परेका व्यक्ति तथा काँचो साखु जातको रुख काटेको आरोप लागेर हिरासतमा रहेका विषयमा  इलामका डिएफओ श्रेष्ठसँग फोन सम्पर्क गर्दा तस्करी मुद्दामा संलग्न व्यक्तिहरूलाई अनुसन्धानको घेराभित्र राखिएकोले अन्य संलग्न देखिएका व्यक्तिहरूलाई समेत पक्राउ गर्न लागिरहेको बताए । पक्राउ परेका व्यक्तिहरू दोषी ठहरिए त्यसको बिगो कति तोकिएला भन्ने जिज्ञासामा डिएफओ श्रेष्ठले अन्दाजी १५ लाख रुपैयाँसम्म बिगो र जेलसजायसमेत हुने बताए । ब्लाष्ट खबरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार