मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

सामुदायिक वनसँग भद्रपुर नगरपालिकाको अन्तरक्रिया

देश प्रदेश डेस्क 5418+ समाचार ( )
७ माघ २०८०, आइतबार

 झापा सामुदायिक वनले परिपालना गर्नुपर्ने कानुनी व्यवस्था,जंगलको संरक्षण,संम्बद्र्धन एवम जैविक विविधताको संरक्षण लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको अध्यक्षता तथा नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भद्रपुर नगर क्षेत्रभित्र रहेका सामुदायिक वन उपभोक्ता समितिबिच आइतबार अन्तरक्रिया गरेको हो ।
कार्यक्रमका बारेमा डिभिजन वन कार्यालय झापाका वन अधिकृत ऋषिराज पराजुलीले कार्यपत्र प्रस्तुत गर्दै वनमा देखिएका विगत र वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । वन अधिकृत पराजुलीले वन ऐन २०७६ र नियमावली २०७९ का विषयमा जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समिति,सञ्चारकर्मी लगायतलाई जानकारी गराएका थिए ।
अन्तरक्रिया कार्यक्रममा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराइ, वन, वातावरण तथा विपद् व्यवस्थापनका सदस्य सचिव एवम नगरका सुचना अधिकारी नेत्रप्रसाद पोखरेल, नगर प्रमुख पोखरेल, उपप्रमुख कार्की लगायतले सुझाव तथा धारणा राखेका थिए ।
भद्रपुर नगर क्षेत्रभित्र ७ वटा सामुदायिक वन छन् । ६ हजार ४ सय १८ घर धुरीका ३१ हजार ५ सय २२ जनसंख्या / उपभोक्ता रहेको वनमा  १७ सय ७३ दशमलव ९४ हेक्टर क्षेत्रफल ओगटेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार