मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

सशस्त्र प्रहरीकाे आक्रमणबाट झापाका व्यापारी घाइते

देश प्रदेश डेस्क 5481+ समाचार ( )
१६ आषाढ २०८१, आइतबार

झापा झापाको भामटोलीमा सशस्त्र प्रहरी जवानले स्थानीय व्यापारीलाई आक्रमण गरेर घाइते बनाएका छन् ।  सशस्त्र प्रहरी जवानकाे हेल्मेट प्रहारबाट झापा-४ भामटोलीका ५० बर्षीय हबिबुल्लाहको नाक र मुखमा चोट लागेको छ ।

नाक र मुख फुटेर रगताम्य भएका उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । आज दिउँसो पन्थापाडा र सुकुम्बासी बस्तीको बीचमा सशस्त्र प्रहरी जवानले झापा ४ का वडा अध्यक्ष मोहमद ताहिरकै अगाडि हबिबुल्लाहलाई धकेल्दै हेल्मेट प्रहार गरेका थिए ।

वडा अध्यक्ष ताहिरका अनुसार हबिबुल्लाहका भाइ विदेश जाने भएपछि आफ्नो कपडा पसल स्थानीय व्यापारी निर्मल मर्डीलाई बिक्री गरेका थिए । मर्डी सोही पसलका कपडा लिएर मोटरसाइकलमा रहेका बेला सशस्त्र प्रहरीले रोकेर सोधपुछ गरेका थिए ।

मर्डीले कपडाका बारेमा विस्तृत बताए पनि प्रहरीले बिल मागेपछि वडा अध्यक्ष ताहिर र हबिबुल्लाहलाई बोलाएका थिए । हबिबुल्लाहले कपडाको बिल देखाए पनि प्रहरीले मानेनन् ।

बरु उल्टै वडा अध्यक्ष ताहिरलाई ‘तिमी को हो, समान छोड् देऊ’ भन्ने भन्दै हप्काउन खोजेको ताहिरले जानकारी दिए ।

त्यही बेला सशस्त्र प्रहरी जवानले हबिबुल्लाहलाई धकेलेका थिए । प्रतिक्रिया स्वरुप हबिबुल्लाहले पनि प्रहरीलाई धकेलेका थिए । त्यस क्रममा हबिबुल्लाहमाथि हेल्मेट प्रहार भएको वडा अध्यक्ष ताहिरले जानकारी दिए ।

प्रतिक्रिया

दुखि आत्मा १७ आषाढ २०८१, सोमबार

अराजक भनेकाे यहि हाे

दुखि आत्मा १७ आषाढ २०८१, सोमबार

अराजक भनेकाे यहि हाे

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार