मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

झापामा बालिका र किशोरी हराउने क्रम बढ्यो,एक सातामा ९ जना वेपत्ता

देश प्रदेश डेस्क 5361+ समाचार ( )
१० कार्तिक २०८२, आइतबार

हिजो झापामा तीन किशोरी र एक महिलासहित चारजना बेपत्ता भएको प्रहरीमा निवेदन पर्‍यो । त्यसमध्ये दुईजना भेटिए भने दुईजना अहिलेसम्म सम्पर्कविहीन नै छन् ।

शुक्रवार बिहान ६ बजे मेचीनगर ४ आमडाँगी पशुपती टोल बस्ने जगन्नाथ गिरीकी छोरी १७ वर्षीया मनिका गिरी कोही कसैलाई नसोधी आफूखुसी घरबाट हिडेकी हुन् । उनी हालसम्म बेपत्ता भएपछि उनका बुवा जगन्नाथ गिरीले हिजो प्रहरी चौकी बाहुनडाँगीमा हुलियासहितको निवेदन दिएका छन् ।

त्यस्तै शुक्रवार दिउँसो १ बजे शिवसताक्षी नगरपालिका वडा नं.८ ढुङ्गेल चौक बस्ने कृष्णप्रसाद भण्डारीकी छोरी १६ वर्षीया दिक्षा भण्डारी घरमा कोही कसैलाई केही नभनी सम्पर्कबिहीन भएकी थिइन् । छरछिमेक तथा आफन्तसमेतमा खोजतलास गर्दा फेला नपरेपछि उनका बुवा कृष्णप्रसाद भण्डारीले हिजो इप्रका झिलझिलेमा हुलियासहितको निवेदन दिएका थिए । उनी गएराति भेटिएको प्रहरीले जनाएको छ ।

त्यस्तै हिजो दिउँसो ३ः३०बजे बुद्धशान्ति वडा नं. ३बुधबारे बजार बस्ने शिबजी गुप्ताकी छोरी १३वर्षीया सन्ध्या गुप्ता साथीको घर जान्छु भनी हिडेकोमा सम्पर्कमा नआई बेपत्ता भएकी थिइन् । आफन्त तथा छरछिमेकमा समेत खोजतलास गर्दा फेला नपरेपछि प्रहरीमा निवेदन दिइएको थियो ।

खोजतलास गर्ने क्रममा गएराति १०.३०बजे मेचीनगर –६ मेचीडाँडा बस्ने २३ वर्षीय रबिन मगरको घरमा बसिरहेको अवस्थामा ती बालिकालाई फेला पारिएको छ । बालिकालाई उनका बुबाले बुझी लगेका छन् भने मगरलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ ।

त्यस्तै हिजो बाह्रदशी –५बस्ने प्रकाश राजवंशीकी श्रीमती बर्ष अन्दाजी २७की गीता राजवंशी घरमा कोही कसैलाई जानकारी नगराई आफूखुशी घरबाट हिडेर बेपत्ता भएकी छन् । जानसक्ने सम्भावित ठाउँमा खोजतलास गर्दासमेत फेला नपरेपछि उनका भाइ अर्जुन राईले इलाका प्रहरी कार्यालय घैलाडुब्बामा जानकारी गराएका छन् । उनको खोजतलास भइरहेको छ । गीताका श्रीमान प्रकाश बिदेशमा रहेका छन् ।

कात्तिक १ देखि ८ गतेसम्म झापा प्रहरीले १७ जना हराएको हुलियासहितको परिपत्र मातहतका युनिटहरुलाई जारी गरेको छ । हराउनेमा १२ जना बालिका र किशोरी रहेका छन् । त्यस्तै दुई बालक, दुई पुरुष र एक महिला पनि हराएका छन् । हराएकामध्ये तीन बालिका (किशोरीसमेत) र एक पुरुष बाहिर जिल्लाका हुन् । त्यसमध्ये तीन जना भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै