मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

चिया तथा कफी विकास बोर्डको केन्द्रीय उपाध्यक्षमा आदित्य पराजुली नियुक्त

देश प्रदेश डेस्क 5303+ समाचार ( )
१६ आषाढ २०८३, मङ्गलबार

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय उपाध्यक्षमा नियुक्त भएका छन्। नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयअनुसार पराजुली आगामी दुई वर्षीय कार्यकालका लागि बोर्डको केन्द्रीय उपाध्यक्षमा नियुक्त भएका हुन्।

पराजुली टी स्टेट प्रा.लि. भद्रपुरका सञ्चालक समेत रहेका युवा उद्यमी पराजुली केन्द्रीय उपाध्यक्षमा नियुक्त भएपनि पूर्वका चिया व्यवसायी तथा निजी क्षेत्रले सकारात्मक रूपमा लिएका छन्। यसअघि पराजुली बोर्डको केन्द्रीय सदस्य पदमा बसेर आफ्नो जिम्मेबारी निर्वाह गरिसकेका छन् । 

लामो समयदेखि चिया क्षेत्रको उत्पादन, प्रशोधन, बजारीकरण तथा निर्यात प्रवर्द्धनमा सक्रिय रहेका भद्रपुर निवासी पराजुलीले नेपाली चियाको गुणस्तर सुधार, अन्तर्राष्ट्रिय बजार विस्तार तथा निर्यातमा देखिएका समस्याको समाधानका लागि निरन्तर पहल गर्दै आइरहेका छन् । 

विशेषगरी भारतले नेपाली चियामा लागू गरेको कडाइ, गुणस्तर परीक्षणको जटिलता तथा नेपाली चियाको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्नुपर्ने विषयमा उनले सरकारसँग पटक–पटक समन्वय र पहल गरिरहेका छन् । 
हालै भारतीय टि बोर्डले नयाँ गुणस्तर परीक्षण  ‘स्टयान्डर्ड अपरेटिङ प्रोसिड्युर’ का कारण नेपाली चिया निर्यात प्रभावित भएपछि पराजुलीले सरकारलाई कूटनीतिक तथा नीतिगत पहल गर्न आग्रह गरेका थिए। उनले नेपालमै अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला स्थापना, चिया अक्सन सेन्टर सञ्चालन तथा नेपाली चियाको प्रभावकारी ब्रान्डिङलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएका छन्।

चिया क्षेत्र अहिले निर्यात, बजार विविधीकरण र गुणस्तर प्रमाणीकरणका चुनौतीसँग जुधिरहेका बेला अनुभवी व्यवसायी पराजुलीको बोर्डमा आगमनले सरकारी निकाय र निजी क्षेत्रबीचको समन्वय अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। उद्योगी तथा किसानहरूले पनि बोर्डले अब चिया क्षेत्रका दीर्घकालीन समस्या समाधानमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

नेपालको चिया उद्योगले वार्षिक अर्बौं रुपैयाँ बराबरको वैदेशिक मुद्रा आर्जन गर्नुका साथै हजारौं किसान तथा श्रमिकलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ। यस्तो अवस्थामा चिया क्षेत्रको अनुभव बोकेको व्यक्तित्वलाई बोर्डको नेतृत्व तहमा जिम्मेवारी दिइनुलाई क्षेत्रको विकासका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यसैबीच, नेपाल चिया उत्पादक संघका महासचिव शुक्र दाहालले पराजुलीको नियुक्तिसँगै नेपाली चिया क्षेत्रमाथि देखिएको संकट समाधान हुने आशा पलाएको बताएका छन्। उनले पराजुलीको कार्यकाल चिया क्षेत्रको विकास र सुधारका लागि कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार