बिर्तामोड १० का विशाल गुरुङ लागूऔषधसहित पक्राउ

देश प्रदेश डेस्क 5096+ समाचार ( )
१७ श्रावण २०८१, बिहीबार

झापा लागूऔषधसहित बिर्तामोड १० का ३४ वर्षीय बिशाल गुरुङ पक्राउ परेका छन् ।

 मेचीनगर नगरपालिका वडा नं. ६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदैं गरेका प्रदेश.१–०१–०१७ प. ५८६ नम्बरको स्कुटर चालक गुरुङलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा खैनीको प्याकेटभित्र प्लाष्टिकले पोका पारेर गुरुङले लुकाएर ल्याउँदैं गरेको १ ग्राम ३८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै