मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

श्रीमानकाे खुकुरी प्रहारबाट श्रीमती घाइते

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२८ अशोज २०८१, सोमबार

                                                                                                                    साङ्केतिक तस्वीर

झापा खोटाङमा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमती घाइते भएकी छन् । हिजो दिउँसो २ बजे खोटाङ केपिलासगढी–२ कुदुम बस्ने ५३ वर्षीय धौलाराज राईले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ४३ वर्षीया ललिता राईलाई घाइते बनाएका छन् । दाहिने कुममा चोट लागेकी ललिताको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने धौलाराजलाई प्रहरी चौकी खार्ताम्छाले खुकुरीसहित नियन्त्रणमा लिएको छ ।

योसहित खोटाङमा तीन दिनमा खुकुरी प्रहारका तीनवटा घटना भएका छन् । यसअघि खुकुरी प्रहारका दुई छुट्टाछुट्टै घटनामा दुई जना घाइते भएका छन् । खुकुरी प्रहारबाट साकेला गाउँपालिका–३ खिदीमाका २५ वर्षीया झरना राई र उक्त गाउँपालिकाकै वडा नम्बर १ बाँझेच्यानडाडाँका २६ वर्षीय चन्द्रकुमार राई घाइते भएका हुन् । खिदीमाका २७ वर्षीय रविन राईले नाताले बहिनी पर्ने झरनालाई शुक्रबार साँझ खुकुरी प्रहार गरी सख्त घाइते बनाएको र रविनलाई त्यसैदिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए ।

झरनाको बाँया हातमा गम्भीर चोट लागेको र जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि धरान पठाइएको छ । ‘काका–बडाबाउका छोरा–छोरीभित्रैको झगडा हो,’ विष्टले भने, ‘रविन राईलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएका छौँ ।’

त्यस्तै, साकेला गाउँपालिकाकै वडा नम्बर १ बाँझेच्यानडाँडाको डाँडागाउँमा आफ्नै भाइको खुकुरी प्रहारबाट २६ वर्षीय चन्द्रकुमार राई घाइते भएका हुन् । शनिबार बिहान करिब साढे ११ बजेतिर मादक पदार्थ सेवन गरी २० वर्षीय महेश राईले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा घाइतेको उपचार हुन नसकेपछि उनलाई पनि अन्यत्रै पठाइएको डीएसपी बिष्टले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार