मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

मनसुन विपद्का लागि झापामा ७५५ जना जनशक्ति तैनाथ

देश प्रदेश डेस्क 5360+ समाचार ( )
२२ जेठ २०८२, बुधवार

झापा मनसुन विपद्का लागि झापामा  ७५५ जना जनशक्ति तैनाथ गरेकाे छ ।

राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले यस बर्ष औसतभन्दा बढी बर्षा हुने पूर्वानुमान गरेसंगै  त्यसबाहेक थप जनशक्ति परिचालन गर्नेगरी सुरक्षा निकाय र रेडक्रसबाट तयारी गरिएको छ ।

मनसुन विपद्का लागि सशस्त्र प्रहरीको ३२० जना , जनपद प्रहरीको ११० जना , नेपाली सेनाको १६० जना , रेडक्रसको १२५ जना र विपद् व्यवस्थापन गुल्मको ४० जनालाई स्टेन्डबाई राखिएको हो । चारआलीस्थित नेपाली सेनाको अरिदमन गणमा जिल्लाको विपद् व्यवस्थापनसंग सम्बन्धित सुरक्षा निकाय , स्थानीय तह र विभिन्न संघ संस्थाबीचको छलफलमा ती निकायले आ–आफ्ना तयारीबारे जानकारी दिएका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक मदनकुमार रसाइलीले गणमा ३५ जना र मातहत गुल्म र विओपी तथा सुरक्षा वेशहरुमा उद्धार सामग्रीसहित विपद् प्रतिक्रिया टोली स्टेन्डबाई रहेको जानकारी दिए । उनले सशस्त्र प्रहरी कर्मचारीहरुलाई बिपद् ब्यवस्थापन अनुशिक्षण तालिम संचालन तथा अभ्यास गराइएको बताउँदै जिल्लाका १३१ वडाहरुमा २५ जना गरी जम्मा ३२७५ जना विपद् सूचक तयार गर्ने लक्ष्यअनुरुप हालसम्म १७१ जना तयार भएको जानकारी दिए । चालू आर्थिक वर्षमा १९३ वटा बिपद् सम्बन्धी सचेतनामुलक कक्षा संचालन गरिएकोसमेत उनले जानकारी दिए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेश कार्कीले जम्मा जिल्लामा १ हजार १८४ जना प्रहरी कार्यरत रहेकोमा त्यसमध्ये ११० जनालाई मनसुन विपद्का लागि तयारी राखिएको जानकारी दिए । प्रहरीसंग भएका स्रोत साधनलाई तयारी हालतमा राखिएको उनको भनाई छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका हरिशरण खड्का , विपद व्यवस्थापन गुल्मका प्रहरी निरीक्षक विन्देश्वर यादवले पनि आफ्ना कार्यालयका तर्फबाट भए–गरेका तयारीका बारेमा जानकारी दिएका थिए ।

त्यस्तै विभिन्न स्थानीय तह र संघ संस्थाहरुले विपद्को तयारीबारे जानकारी दिएका थिए ।बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले विपद्का लागि सयभन्दा बढी स्काउटर तयारी अबस्थामा राखिएको जानकारी दिए । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बिर्तामोडमा बाढी र डुबान आएको खण्डमा पीडितहरुका लागि अतिथि सदनलाई आश्रयस्थलको रुपमा प्रयोग गर्न दिएर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लामा भएका विपद्का सबै क्लस्टरलाई आ–आफ्नो तयारी गरि विपद् परेको खण्डमा तुरुन्त परिचालन भई धनजनको क्षति न्यूनीकरण गर्न निर्देशन दिएका थिए ।

  यस वर्षको मनसुनमा झापाका ८ हजार ९१९ घरधुरी प्रभावित हुने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार