मुख्य समाचार
वैदिक सनातनद्धारा गीता पाठ तथा शोक सभा सम्पन्न | मैवाखोलामा ट्याक्टर खस्यो, चालकसहित दुई जना बेपत्ता | भोजपुरका खसीबोका अब काठमाडौंको बजारमा, सडक सञ्जालले सहज बनायो व्यापार | भोटेकोशी बाढीका मृतकप्रति आज राष्ट्रको श्रद्धाञ्जली, देशभर राष्ट्रिय शोक | बाढीले उठिबास लगाएकालाई नयाँ थलो खोज्दै सरकार | ७ वर्षको ग्यारेन्टी, ७ महिनामै खुइलियो रङ : बर्जर पेन्ट्सलाई उपभोक्ता अदालतको कडा झट्का | सरकारी गाडी चढेर क्यासिनो पुगे अध्यक्ष, इन्स्पेक्टरसहित ८ जना पक्राउ | युवतीमाथि अभद्र व्यवहार गरेको आरोपमा युवक पक्राउ | भोटेकोशी बाढीमा नीलकण्ठ आधारभूत विद्यालयले गुमायो चार कर्मचारी, नर्स ममता श्रेष्ठसहित परिवार नै बाढीमा | सत्यनारायण तायलको नयाँ तीज गीत सार्वजनिक |

अंशवण्डा फैसला भएको जग्गा मालपाेत कार्यालय झापादुवारा एकलौटी बिक्री

देश प्रदेश डेस्क 5432+ समाचार ( )
२८ भाद्र २०८१, शुक्रबार

झापा  झापा जिल्ला अदालतकाे फैसलालाइ उल्लंघन गर्दै मालपोत कार्यालय झापाले अंशवण्डा नै नगराई एकलौटी जग्गा बिक्री गराएको छ । कार्यालयकाे मिलेमताेमा दुइवटा ढड्डा खडा गरेर भद्रपुर ४ का रेनुका केसी र उनका छोरा सुरज केसीकाे साविक चारपाने र हाल बिर्तामोड २ मा रहेको सगोलको ३ कठ्ठा १३ धुर जग्गा एकलाैटी बिक्री गरेकाे प्रमाण फेला परेपछि घटना सार्वजनिक भएकाे हाे ।

उनीहरूले साे जग्गा अंशका लागि मुद्धा हालेका थिए । श्यामबहादुर केसीका कान्छी श्रीमती रेनुका र उनका छोरा सुरजले जेठी श्रीमती राधिका , उनीपट्टिका छोराहरु मनोज, सरोज र छोरी सरितालाई प्रतिवादी बनाई अंश मुद्दा  हालेका थिए । सो मुद्दाका विषयमा जिल्ला अदालतकाे फैसला सर्वोच्च अदालतले मिति २०७१ बैशाख २९ गते जिल्ला सदरकाे फैसला सुनाएको थियो ।

वादीको हकमा दुई र प्रतिवादीको हकमा ४ भाग गरी त्यस जग्गालाई ६ भाग लगाउनु भनेर सर्वोच्चले फैसला गरेको थियो । सर्वोच्चले फैसलासहित त्यसलाई कार्यान्वयन गर्न गराउन मालपोत कार्यालय झापालाई आदेशसहितको पत्र पठाएको थियो । तर, मालपोत कार्यालयले अंशवण्डा नै नगराई त्यस जग्गा वादीलाई एकलौटी बिक्री गर्न दिएको हो । रेनुका र उनका छोरा सुरज केसीले पुरै ३ कठ्ठा १३ धुर जग्गा बिर्तामोडकी प्रियंका गोयललाई बिक्री गरेका हुन् । २ करोड २ लाख थैली राखिएको त्यस जग्गा राजीनामा पास गर्दा ६ लाख ६ हजार रुपैयाँ राजस्व बुझाएको देखिन्छ ।

यसरी सर्वोच्च अदालतले अंशवण्डाको आदेश दिइसकेको जग्गालाई मालपोत कार्यालयले एकलौटी बिक्री गर्न दिएर आफूहरुको अंश खाइदिएको भन्दै प्रतिवादीहरुले आपत्ति जनाएका छन् । भद्रपुर ४ का मनोज केसीले आज पत्रकार सम्मेलन गरी मालपोत कार्यालयले ठूलो गल्ती गरेको बताए । उनले बिक्री गरिसकेको आफ्नो भागको जग्गालाई फिर्ता गराई त्यसमा संलग्न सबैलाई कार्वाही हुनुपर्ने माग गरेका छन् ।

मालपोत कार्यालयका प्रमुख शेरबहादुर भण्डारीले गल्ती स्वीकार गर्दै एक साताभित्र जग्गा फिर्ता गर्न लगाउने आश्वासन दिएको केसीले जानकारी दिए । यस विषयमा बुझ्दा आफूहरुबाट प्राविधिक त्रुटि भएको मालपोतका एक अधिकारीले बताए । उनले केही दिनभित्रै त्यसलाई मिलाउने जानकारी दिएका छन् । दाेस्राे पक्षले (अङसीयार)ले घटनाथाहापाएपछि साे काममा संलग्न  मालपाेत कार्यालयबाट सरूवा भएर गएका कर्मचारी घटना मिलाउन र रेनुका र सुरज मालपाेत कार्यालय आएका छन् । मालपाेतका कर्मचारीले सराेजलाइ सार्वजनिक नगर्न दबाब दिइरहेकाे पाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार