मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

माओवादीद्वारा लु प्रभावितको उद्धार र राहतमा खटिन आग्रह

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१७ वैशाख २०८१, सोमबार

झापा नेकपा माओवादी केन्द्रले लु प्रभावित क्षेत्रका सर्वसाधारणकाे राहत र उद्धारमा खटिन पार्टीलाई निर्देशन दिएकाे छ ।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सोमबार विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागमा आगलागी एवं डढेलोका कारण जनधनको व्यापक क्षति भएको र हजारौँ नागरिक पीडित हुन पुगेको बताएका छन् । 

‘देशैभरि वायु प्रदूषण उच्च मात्रामा बढ्दा र तापक्रममा उच्च वृद्धिका कारण विशेष गरी तराईका जिल्लाहरूमा तातो हावा र लुको लहरले जनजीवन प्रभावित बनेको छ’, सापकोटाले भनेका छन्, ‘हाम्रो पार्टी एवं भातृ सङ्गठनका नेता–कार्यकर्ता एवं स्वयंसेवकहरू उद्धार तथा राहतका साथसाथै मानवीय सहायता व्यवस्थापनमा खटिन हार्दिक आह्वान गर्दछौँ ।’

हेर्नुहाेस विज्ञप्ति

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार