मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

बिर्तामाेडकी एक महिलाले दिएकाे उजुरीमा दुर्गा प्रसाईं पक्राउ

देश प्रदेश डेस्क 5475+ समाचार ( )
७ अशोज २०८१, सोमबार

झापा बीएण्डसी अस्पताल बिर्तामोडका संचालक दुर्गा प्रसाईंलाई बिर्तामोड १० की एक महिलाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले  पक्राउ गरेको खुलेको छ।

रास्वपाकी केन्द्रीय सदस्यसमेत रहेकी ती महिलाले  दिएको उजुरीका आधारमा प्रसाईं भक्तपुरस्थित घरबाट आइतबार पक्राउ परेका हन् । काठमाडौं जिल्ला अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध गत बुधबार पक्राउ पुर्जी जारी गरेको थियो । प्रसाईंलाई पक्राउ गरेपछि साइबर ब्युरोले थुनामा राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको स्रेस्तेदार रामु शर्माले जानकारी दिए।

प्रसाईंले ति महिलाविरुद्ध ‘फेक समाचार’ उल्लेख गर्दै आपत्तिजनक अभिव्यक्ति दिएको आरोप छ। अदालतबाट पक्राउ पुर्जी जारी भएपनि प्रसाईंलाई पक्राउ गर्न ढिलाई गरिएको भन्दै उनले  सामाजिक सञ्जालमा आपत्ति जनाएकी थिइन् । प्रसाईंका समर्थकले आफूलाई ज्यान मार्ने धम्की दिएको पनि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ मा कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री प्रकाशनलाई निषेध गरिएको छ । ‘सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ’ कानुनमा भनिएको छ।

साइबर ब्युरोका प्रमुख डीआईजी नवीन्द्र अर्यालले साइबर अपराधसम्बन्धी उजुरी परेका आधारमा प्रसाईंलाई पक्राउ गरिएको जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार