मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

छात्रालाई दुर्व्यवहार गरेकाे आराेपमा मेचीनगरका शिक्षक पक्राउ

देश प्रदेश डेस्क 5475+ समाचार ( )
साङ्केतिक तस्वीर
२७ अशोज २०८०, शनिबार

झापा छात्रालाई दुर्व्यवहार  गरेकाे आराेपमा मेचीनगरका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । मेचीनगर ९ स्थीत  हरि आधारभुत विद्यालयका अभिभावककाे उजुरीका आधारमा साेही विद्यालयका शिक्षक ध्रुव पाैडेललाई पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक राेहित शर्माले बताए ।

`छात्राहरूले आफुहरूलाई शिक्षक पाैडेलले दुर्व्यवहार गरेकाे भन्ने बयानका आधारमा अभिभावकले उजुरी दिए पछि पाैडेललाई शुक्रबार अपरान्ह पक्राउ गरेका छाैं,´ प्रहरी निरीक्षक शर्माले भने,   `दुइ जना छात्राका अभिभावकले दिएकाे उजुरी पछि मुद्दा दर्ता गरेर कानूनी प्रक्रिया अगाडी बढिसकेकाे छ ।´

शिक्षक पाैडेल बिरूद्ध कक्षा ७ र ८ का छात्राहरूले सामुहिक रूपमा पटक पटक  विद्यालयमा  दुर्व्यवहारकाे गुनासाे गरे पनि विद्यालय प्रशासन र व्यवस्थापन समितिले ठाेस कदम नचाले पछि अभिभावकले नै प्रहरीमा उजुरी गर्नु परेकाे एक अभिभावकले बताए ।

दुइ दिन अघि मात्रै मदिरा सेवन गरी विद्यालय गएकाे भनेर शिक्षक पाैडेललाई प्रहरीले नियन्त्रण लिएर केही घण्टा पछि छाेडेकाे थियाे । सेताे पत्रबाट

प्रतिक्रिया

बक्ष सुनिल २७ अशोज २०८०, शनिबार

सत्यतथ्य बाहिर आवस निर्दोष नपरोस दोषि नभटचोस

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार