मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |
मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |


झापाका चर्चित उद्योगपति सरियाकाे नागरिकता कानुन विपरीत भएको भन्दै प्रशासन कार्यालय झापामा उजुरी

देश प्रदेश डेस्क 5473+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

भद्रपुर  चर्चित उद्योगपति गोबिन्दराम सरिया (गोबिन) विरुद्ध जिल्ला प्रशासन कार्यालय झापामा उजुरी परेको छ ।  गोविन्द सरियाको अहिले साथमा भएको नागरिकता कानुन विपरीत भएको किटानीसहित प्रशासन कार्यालय झापामा उजुरी परेको हो । गोदावरी–७, ललितपुरका राजकुमार तिमल्सिनाले यही बैशाख २८ गते जिल्ला प्रशासन कार्यालय झापामा ‘नागरिकता छानबिन गरी आवश्यक कारबाही गरी पाउँ’ भनी प्रमाणसहित उजुरी दिएका छन् । 

उजुरीमा भनिएको छ–‘जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं.९ (तत्कालीन ) स्थायी ठेगाना उल्लेख नागरिकता नं.११८०१९२१ जारी मिति २०३५ जेठ २२ तथा प्रतिलिपि २०५८ बैशाख २३ गते उल्लेख रहेको बाजे सुरजमल सरिया(इन्डिया) तथा बुवा कनिराम सरिया नागरिकता प्रमाण पत्र नं.११८०/८४६ स्थायी ठेगाना भद्रपुर–८ झापा उल्लेखित जन्मसिद्ध आधारित नागरिकता भएका बुवाले कुन नागरिकता ऐन, नियम, दफा, उपदफामा आधारित भई छोरा गोविन्दराम सरियालाई वंशजको नागरिकता दिलाइएका थिए ? सो सम्बन्धमा  समेत आवश्यक छानबिन गरी नागरिकता जारी गर्दा निजले फर्जी कागजात समेत पेस गरी सरकारी काम कारबाही प्रति समेत अवरोध गरेको हुनसक्ने तथा निजको नागरिकता के-कति कुन विद्यमान कानुन आकर्षित भई वंशजको आधारमा नागरिकता जारी गरियो ? सो सम्बन्धमा आवश्यक छानबिन गरी तत्काल कारबाही गरी पाउँ । निजले उक्त वंशजको आधारमा नारिकता लिई राज्यका कुन–कुन निकायमा क्षति पु¥याई लाभ लिएका छन्, सो उपर समेत तत्काल छानबिन गरी कारबाही गरी पाउँ । साथै, आफ्नो नागरिकता वंशजको बनाई निजका छोरा दिनेश सरियालाई समेत २०५८ मङ्सिर १७ गते १८८०४२११ नम्बरको नागरिकता दिलाइएकोले प्रमाणहरू समेत छानबिन गरी आवश्यक कारबाही गराई पाउँ ।’ 




निवेदनको साथमा तिम्सिनाले जिल्ला प्रशासन कार्यालय झापाले २०२५ फागुन १५ गते कनिराम सरियाले जारी जन्मसिद्ध नागरिकताको प्रतिलिपि, गोविन्दराम सरिया (गोविन्द सरिया)को नाममा २०३५ जेठ २२ मा जारी वंशजको नागरिकता र २०५८ मङ्सिर १७ गते जारी गरिएको दिनेश सरियाको वंशजको नागरिकताको प्रतिलिपि समेत संलग्न गरेका छन् । यस्तो विवरणसहित उजुरी परेपछि प्रशासन कार्यालय झापाले २०८१ बैशाख २८ गते १५२३ नम्बरमा दर्ता पनि गरेको छ । 

कनिराम सरियाको नागरिकता जन्मसिद्ध भए पनि कानुनको खेलबाड गर्दै कनिराम सरियाले छोरा गोविन्दराम सरियालाई २०३५ साल जेठ महिना २२ गते नागरिकता नम्बर ११८०१९२१ को वंशजको नागरिकता तथा पासपोर्ट नम्बर १९८५५/४०६६९ को पासपोर्ट  दिलाउन सफल भए । उक्त वंशजको नागरिकता प्राप्त गर्ने कानुनी आधार कुनै पनि थिएन तर पनि राज्यका शासकलाई रिझाउँदै कानुन विपरीत नागरिकता प्राप्त गरी पुन २०५८ साल बैशाख २३ गते झापा जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि समेत दिन सफल भए । सोही आधारमा गोविन्द सरियाले आफ्ना छोरा दिनेश सरियालाई समेत २०५८ मङ्सिर १७ गते १८८०/४२११ नम्बरको वंशजको नागरिकता दिलाएको उजुरी पत्रमा उल्लेख छ ।

इन्डियाको बिहारबाट विसं २०२३/०२४ तिर नेपाल प्रवेश गरी झापा जिल्लाको भद्रपुर चन्द्रगढी आसपास केही सामान्य जीवनयापन गरेर बस्दै आएका थिए सुरजमल सरिया र उनका छोरा कनिराम सरिया । कनिराम सरिया बिहारमै १९७४ फागुन १५ गते जन्मेका हुन् । उनले २०२५ फागुन १५ गते जन्मसिद्धको नागरिकता लिँदा ५१ वर्ष पुगेका थिए । कनिराम सरिया बाबु सुरजमल सरियाका छोरा हुन् । उनले नेपाल प्रवेश गरेपछि बाबुको नागरिकता बिना नै तत्कालीन अञ्चल न्यायाधीश मनमोहन मिश्रको हस्ताक्षरमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका थिए । त्यसपछि उनी बीचमा केही समय इन्डिया नै फर्किए भने पछि पुनः नेपाल आइ बसोबास गरे तत्कालीन नागरिकता ऐनमा बाबुको नागरिकता जन्मसिद्ध हुँदा छोरा नाती पनाति सबैको नागरिकता जन्मसिद्ध नै हुने विद्यमान कानुन थियो ।

भद्रपुरको व्यावसायिक क्षेत्रमा गोविन्द सरिया नयाँ नाम हैन । उनको  प्रत्यक्षजस्तो नदेखिए पनि भद्रपुरमा उनको झन्डै दर्जनको हाराहारीमा व्यवसाय सञ्चालनमा छ ।  भद्रपुरमा मात्र हैन सरियाको नेपालमै कयौँ व्यवसाय सञ्चालनमा छ । उनले नुनदेखि सुनसम्मको व्यवसाय गर्न भ्याएका छन् । अधिकांश व्यवसायमा अरूलाई अगाडी सारेर आफू नपत्याउने गरी पछाडि बसेर खेल खेल्न माहिर सरियाको नागरिकता नै कानुन विपरीत भएको भन्दै उजुरी परेपछि सर्वत्र चर्चाको बिषय बनेको हो । 




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार