मुख्य समाचार
झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग | झापामा सम्बन्धविच्छेदका घटना बढ्दै | राणा र दुर्गा प्रसाईंले गठनधवलशमशेर गरे ‘जय नेपाल पार्टी’ | सहुलियत शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै ओमसाईं पाथीभरा हस्पिटल, भद्रपुर | देवानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो | खोलाले बगाएर छोराको मृत्यु भएपछि आमाले गरिन् आत्महत्या | भद्रपुरस्थित ओम साईं पाथीभरा हस्पिटलद्वारा पानीपोखरेल बन्धुहरूलाई सबै सेवामा २० प्रतिशत छुटको घोषणा | शिवसताक्षी नगरपालिकामा कर्मचारी भर्ती र भत्ता वितरणमा मनपरी ? १ करोड १४ लाख रुपैयाँमाथि महालेखाको प्रश्न |

आज भाद्र कृष्णपक्ष पञ्चमी,कोलमतीघाटमा स्नान गरिँदै

देश प्रदेश डेस्क 5351+ समाचार ( )
३० श्रावण २०८२, बिहीबार

प्रत्येक वर्ष भाद्र कृष्णपक्ष पञ्चमी तिथिमा गरिने कोलमतीघाटमा स्नान आज गरिँदैछ ।

कागेश्वरी मनोहरा नगरपालिका–४ मा रहेको कोलमतीघाट र यहाँ स्नान गर्नुको महत्त्वका बारेमा स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्ड (नेपालमाहात्म्य) मा वर्णन गरिएको छ । बाग्मती नदीको तीरबारे वर्णन क्रममा १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिए ।

कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरे बराबरको फल मिल्ने वर्णन गरिएको छ । कोललाई ‘बराह’ भनिएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई ‘कोलमती’ भनिएको हो, कोलमती बाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ”, उनले भने ।

कोलमती र बाग्मती मिसिने स्थानमा चैलमतीसमेत मिसिएर त्रिवेणीघाट बनेकाले यो स्थलको महत्त्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । वामन अवतार लिनुभएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहेको ती ग्रन्थमा वर्णन गरिएको छ । चैलमतीलाई हाल शब्द अपभ्रंश भई चौलमती पनि भनिन्छ । 

यहाँ ब्रह्माले वामनरुपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई हाल पनि चौलनारायणका रूपमा पूजाआराधना गरिन्छ । नेपाल माहात्म्यको ३२औँ अध्यायमा सुन्दराचल क्षेत्रको वर्णन छ । त्यो क्षेत्र हालको सुन्दरीजल र त्यसको तल्लो भागमा पर्ने यो स्थल सुन्दराचलकै आधुनिक रूप हो भन्ने गरिएको छ । कोलमती, चैलमती र बाग्मती गरी तीन नदी मिसिएर त्रिवेणी सङ्गम बनेको र कोलमतीघाटमा सत्ययुगमा भगवान् विष्णुसमेत आएर स्नान गरेको प्रसङ्ग पनि विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । धार्मिक महत्त्व भए पनि गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र नजिकै रहेकाले कोलमतेश्वर क्षेत्र ओझेलमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार