मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

गर्ल्स होस्टल सञ्चालक मधु रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ

देश प्रदेश डेस्क 5475+ समाचार ( )
३० फाल्गुन २०८०, बुधवार

विराटनगर महानगर–८ स्थित मुनलाइट गर्ल्स होस्टल सञ्चालक मधु रेग्मीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ। आफ्नो होस्टलमा बस्दै आएकी नर्सिङ अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरी जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए।

पछिल्लो समय भाडाको घरमा नयाँ होस्टल सञ्चालन गर्दै थिइन्। उनलाई काठमाडौँ जानुपर्ने पैसा चाहिएपछि चैतको समेत एडभान्स मागेर छात्रामाथि दुर्व्यवहार गरेको भिडियोमा देखिन्छ। छात्राले तत्काल दिन नसक्ने आशयसहितका कुरा राखेको देखिन्छ तर त्यति भन्नासाथ रेग्मीले जबरजस्ती गरी किताब, लुगा तथा ओछ्यान फ्याँकेकी थिइन्।

त्यसपछि उनलाई सम्झाउन खोज्दै गरेको पनि देखिन्छ। बारम्बार ‘निस्केर जा, तँ निस्केर जा’ जस्ता शब्द प्रयोग गर्दै रेग्मीले किताब तथा कपडा फ्याँकिरहेका वेला छात्रालाई झापड हानेको देखिन्छ। त्यस वेला छात्राले ‘आमा’ पुकार्दै आफ्नो साथीसँग अँगालोमा बेरिएको दृश्य भिडियोमा देखिन्छ।

घटनाको विषयमा स्वतन्त्र विद्यार्थी युनियन विराटनगर नर्सिङ क्याम्पस एकाइ समितिले निन्दा गर्दै अमानवीय व्यवहार गर्ने महिलामाथि कारबाही माग गरिसकेको छ। यस घटनामा विद्यार्थी संघ संगठनले समेत चासो दिएका छन्। थाहा खबरबाट साभार

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै