मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

काँकडभिट्टाबाट नक्कली नाेटसहित मेसिन बरामद

देश प्रदेश डेस्क 5481+ समाचार ( )
२४ जेठ २०८२, शुक्रबार

झापा नेपाली नक्कली नाेट र नाेट बनाउने मेसिनसहित प्रहरीले काँकडभिट्टाबाट बरामद गरेकाे छ । केही दिन अघि प्रहरीले अन्दाजी वेलुका साढे ७ बजे मेचीनगर नगरपालिका वडा नं. ६ काँकडभिट्टा बजार एरियामा रहेको नेपाल बैंक अगाडी सडक खण्डमा शंकास्पद अवस्थामा हिडडुल गरीरहेका तेह्रथुम ओयाक्जुङ गाउँपालिका वडा नं. ५ (नेलई) घर भई झापा जिल्ला कन्काई. ८ लक्ष्मीपूर स्थितमा घरकोठा भाडामा लिई बस्दै गरेका  २८ वर्षीय को गणेश भारतीलाई पक्राउ गरेका थियाे ।

 कार्यालयबाट खटिएको गस्ती प्रहरी टोलीले चेकजाँचको क्रममा १०००।-  दरको नेपाली नक्कली (खोटा मुद्रा) १,००,०००।– (एक लाख) सहित फेला पारी  झापा जिल्ला अदालतबाट म्यादथप भई थप अनुसन्धानको क्रममा भारतीले  नक्कली नोट आफैले छपाई गरी चलन गरेको बताएका थिए । त्यसपश्चात प्रहरीले बिहीबार  अन्दाजी १६:३० बजेको समयमा  अनुसन्धान टोली खटी गई भारती  बस्ने गरेको डेराकोठामा तलासी लिँदा बिभिन्न दरका नेपाली नक्कली (खोटा मुद्रा) ५,३०,६८० (पाँचलाख तीस हजार पाँचसय असी), नक्कली नोट छाप्ने गरेको मेसिन थान-(एक), नोटमा प्रयोग हुने बिभिन्न प्रकारका रंग लगायतका सवुत प्रमाणहरु फेला पारी बरामद गरिएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।   
बरामद दसीका सामानहरुः-१००० को नेपाली दरको नक्कली (खोटा मुद्रा) जम्मा ४७० थान, ४,७०,०००।– (चारलाख सत्तरी हजार)
५०० को नेपाली दरको नक्कली (खोटा मुद्रा) जम्मा २८२ थान, १,४१,००० (एक लाख एकचालिस हजार)
१०० को नेपाली दरको नक्कली (खोटा मुद्रा) जम्मा १९०थान, १९,०००।– (उन्नाईस हजार)
५० को नेपाली दरको नक्कली (खोटा मुद्रा) जम्मा १२ थान,६००। (छसय) ।
२० को नेपाली दरको नक्कली (खोटा मुद्रा) जम्मा ४ थान, ८० (असी)
प्रिन्टीङ मेसिन १ थान
मोवाईल ३ थान
कैची १ थान
नोट बनाउन प्रयोग भएको कागज कपी २ थान ।
नोट बनाउन प्रयोग गरेको बिभिन्न प्रकारको रंगको खाली वट्टा ४ थान रहेकाे उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार