मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

मेयर हर्क साम्पाङले राेक्न लगाए पार्किङ शुल्क विरुद्धको हस्ताक्षर अभियान

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

झापा धरान उपमहानगरपालिका क्षेत्रका सडकमा लगाइएको पार्किङ शुल्क कानून विपरित रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान नगर समितिले सञ्चालन गरेकाे हस्ताक्षर अभियान धरानका नगर प्रमुख हर्क साम्पाङले राेक्न लगाएका छन् ।

रास्वपाले बिहिबार बिहान धरानकाे माछाभाैडिमा सञ्चालन गरिरहेकाे अभियान नगर प्रमुखकाे निर्देशन भन्दै नगर प्रहरीले राेकेका छन् ।

नगर प्रहरीले बल प्रयाेग गरेर भएपनि हटाउन निर्देशन आएकाे भन्दै हस्ताक्षर संकलन राेकिदिएकाे पार्टीका नगर सचिव सुमन श्रेष्ठले बताए । उनले धरानमा विवाद उत्पन्न भएकाे पार्किङ शुल्कका विषयमा नागरिककाे अभिमत बुझ्न हस्ताक्षर संकलन गर्दा नगर प्रमुखले निरङ्कुसता प्रदर्शन गरेकाे बताए ।

हस्ताक्षर संकलन सुरु गर्नु अघि ईलाका प्रहरी, ट्राफिक प्रहरी र ईलाका प्रशासनलाई जानकारी गराएकाे उनले बताए । 

नगर प्रमुख साम्पाङले प्रहरी र नगर प्रहरीलाई हिजाे बाटै हस्ताक्षर संकलन राेक्न भन्दै आएका थिए । 

बुधबार भानुचोक स्थित घन्टाघर अगाडि हस्ताक्षर अभियान सुरु भएपछि साम्पाङले लगातार सामाजिक सञ्जालमा रास्वपाकाे विराेध गर्दै लेखिरहेका छन् ।

अभियानमा सहमती जनाउँदै बुधबार मात्र पाँच सय भन्दा बढिले हस्ताक्षर गरेका थिए । तीन दिनसम्म हस्ताक्षर अभियान सञ्चालन गरेर, जनभावना बुझि ज्ञापनपत्र सहित धरान उपमहानगरपालिकामा बुझाउने कार्यक्रम रहेको थियाे ।

उपमहानगरपालिकाले पार्किङ शुल्क उठाउन ठेक्का लगाएपछि ठेकेदारका कर्मचारीले राजमार्ग र सहायक राजमार्गमा रोकिएका मोटरसाईकल, स्कुटर र अन्य सवारी साधन चालकसँग शुल्क उठाउँदै आएका छन् । 

नगर आफैंले निर्माण गरेको पार्किङ स्थलको मात्र शुल्क उठाउन पाउने कानूनी व्यवस्था रहेको छ । तर, धरान उपमहानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने कोशी राजमार्ग र सहायक राजमार्गमा कानुन विपरित शूल्क उठाएको रास्वपाको धारणा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार