मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

झापामा पनि तीनजनालाई कोरोना संक्रमण

देश प्रदेश डेस्क 5476+ समाचार ( )
११ आषाढ २०८२, बुधवार

                                                                                                                        साङ्रकेतिक तस्वीर

झापा झापामा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ भेरिएन्ट फैलिएयता एक महिनाको अवधिमा पहिलो पटक गत जेठ ११ गते बिर्तामोड ५ की ५२ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गरेका दोलखाका ४७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको थियो । त्यस्तै तीन दिनअघि मेचीनगर ९ का ४३ वर्षीय पुरुषलाई कोरोना देखिएको छ । ती तीनैजनालाई आइसोलेसनमा राखिएको जनाइएको छ ।

नयाँ भेरिएन्ट फैलिएयता देशमै पहिलो पटक कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ ।
सूर्योदय नगरपालिका वडा नं १० फिक्कल बस्ने ४९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । हिजो बिहान ६ बजे नोबेल शिक्षण अस्पताल बिराटनगरमा उपचारको क्रममा उनको मृत्यु भएको हो । ज्वरो आउने बिरामी भई स्थानीय अस्पतालमा उपचार गराउँदा ठिक नभएपछि दुई दिनअघि उनलाई बिर्तामोडस्थित बिर्ता सिटि अस्पतालमा ल्याई सोमबार चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि थप उपचारको लागि उनलाई विराटनगर लगिएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो पटक २०८० साल वैशाख २१ गतेदेखि कोरोना सङ्क्रमणका कारण कसैको मृत्यु भएको थिएन ।

महाशाखाको तथ्याङ्क अनुसार २४ घण्टामा सात जनामा कोरोना पुष्टि भएको मध्ये एक जना सङ्क्रमितको मृत्यु भएको हो । नेपालमा पुसयता २५ जिल्लाबाट १८७ जनामा कोरोना पुष्टि भएकाे छ । कोरोना सङ्क्रमण सबैभन्दा बढी बागमती प्रदेशमा १४७, कोशी प्रदेशमा सात, मधेश प्रदेशमा पाँच, गण्डकी प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा २१ जना छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार