मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

बीपीका शिक्षक- कर्मचारी सत्ताइस दिनपछि काममा फर्किए

देश प्रदेश डेस्क 5303+ समाचार ( )
२८ माघ २०८०, आइतबार
                                                                                   फायल तस्वीर
झापा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक कर्मचारी २७ दिनपछि काममा फर्किएका छन् ।

शुक्रबार प्रतिष्ठानको कार्यकारिणी बैठकमा शिक्षक कर्मचारीको पदोन्नतिकालागि ६ गते अन्तरवार्ता गर्ने सहमति भएपश्चात् शनिबारदेखि उनीहरू काममा फर्किएका हुन् ।

शिक्षक कल्याण समाजका अध्यक्ष डा. शेराज अहमद खानले भने, 'कार्यकारिणी समितिको बैठकमा सहमति भएपछि काममा फर्किएका छौं।' प्रतिष्ठानको व्यवस्थापन पक्ष र शिक्षक कल्याण समाज तथा कर्मचारी कल्याण समाज संयुक्त सङ्घर्ष समितिबीच शनिबार ६ बुँदे सहमति
भएको छ । भद्र अवज्ञा आन्दोलन गरेको २७ औं दिनमा भएको सहमतिसँगै शिक्षक चिकित्सक र कर्मचारीको संयुक्त सङ्घर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गर्दै काममा फर्किएका छन् ।

पुस २९ गतेदेखि प्रतिष्ठानका शिक्षक कर्मचारीले आकस्मिकबाहेकका सेवा बहिष्कार गरेका थिए। २०७९ पुस २० गते र माघ २५ गते प्रकाशित विज्ञापनअनुसार सुरु भएको बढुवाको प्रक्रिया रोकिएपश्चात् उनीहरू आन्दोलनमा होमिएका थिए । शिक्षक कमचारीसँग फागुन ६ गतेदेखि अन्तरवार्ता सुरु गर्ने र सो को नतिजा अन्तरवार्ता समाप्त भएको मितिले एक साताभित्र प्रकाशित गर्ने सहमति भएको समाजका अध्यक्ष खानले बताए ।

उच्च अदालत विराटनगरको आदेशपछि शुक्रबार कार्यकारिणी समितिको बैठक बसेको थियो । बैठकले माघ २९ गते बीपी प्रतिष्ठानको सञ्चालक परिषद् (सिनेट)को बैठक बस्ने निर्णय गरेको छ । सहमतिमा कायम मुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्की, शिक्षाध्यक्ष प्रा.डा. सञ्जीवकुमार शर्मा, रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौला, अस्पताल निर्देशक डा. जगतनारायण प्रसाद, शिक्षक कल्याण समाजका अध्यक्ष डा. खान, कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकाल र विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओमशान्ति रजकले हस्ताक्षर गरेका छन् ।

बीपी प्रतिष्ठानमा कुल दरबन्दी ३ हजार ३ सय १९ रहेको छ । तीमध्ये १ हजार ५ सय ३ पद रिक्त रहेको छ । हाल प्रतिष्ठानमा १ हजार ८ सय १६ जना कार्यरत छन् ।' तीमध्ये ७ सय ६६ जना कर्मचारी र शिक्षक चिकित्सकको बढुवा रोकिए‌को थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार