मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

भद्रपुरको नालीमा जंगली हात्ती मृत भेटियो

देश प्रदेश डेस्क 5361+ समाचार ( )
२४ अशोज २०८०, बुधवार

झापा झापाको भद्रपुरमा आज बिहान एउटा जंगली हात्ती मृत फेला परेको छ ।

भद्रपुर नगरपालिका– २ स्थित कमलधाप रामपोखरी सामुदायिक वन कार्यालयनजिकै गहिरो नालीमा डुबेको अवस्थामा हात्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । स्थानीयले मृत हात्ती देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

हात्ती मृत फेला परेपछि जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मी र डीएसपी रिजाल घटनास्थल पुगेका थिए । ‘वयस्क हात्ती चौडाइ कम भएको गहिरो नालीमा फसेको देखियो,’ डीएसपी रिजालले भने, ‘नालीबाट निस्किन हात्तीले निक्कै प्रयास गरेको देखिन्छ, अगाडिको खुट्टा हिलोपानीमा दबेकोले निस्किन सकेन, र त्यहाँ नै मृत्यु भयो ।’

घटनास्थलमा प्रहरी र डिभिजन वन कार्यालय झापाको टोली पुगिसकेको उनले बताए । कोशी टप्पु वन्यजन्तु आरक्षबाट चिकित्सकको टोली आएकाे उनले जनाए  ।  झापामा अहिलेसम्म १८ वटा हात्तीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै