मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

नगर बस सेवा इटहरीमा आजदेखि सुरू

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२ अशोज २०८१, बुधवार

झापा    इटहरी उपमहानगरपालिकाले बुधबारदेखि विद्युतीय नगर बस सेवा सुरू गरेको छ।

उपमहानगर क्षेत्रभरी सुलभ दरमा सर्वसाधारणलाई सार्वजनिक यातायात सेवा प्रदान गर्न सेवा सुरू गरेको उपमहानगरले जानकारी दिएको छ। ४ वटा बसले नगर क्षेत्रभरी बुधबार र बिहीबार निःशुल्क सेवा दिनेछन् भने शुक्रबारदेखि २० रूपैयाँ सेवा शुल्क लाग्ने मेयर हेमकर्ण पौडेलले जानकारी दिए।

मेयर हेमकर्ण पौडेलले बुधबार बिहान नगर बसमा चढेर बिभिन्न वडाहरू घुमेका छन्। ‘विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो, हुनेछ’, उनले भने।

‘तीस वर्षभन्दा अघिदेखि यहाँ नगरबस चलाउने योजना बन्दै थन्किँदै आएको थियो’, मेयर पौडेलले भने, ‘त्यो सपना आज पूरा भएको छ।’

नगर बसलाई ठाँउ ठाँउमा सर्वसाधरणले फुल मालाले स्वागत गरेका थिए।

यी चार वटा बसहरू बिहान ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन हुनेछन्।

इटहरीको नगर बसले धरान–विराटनगर सडकमा तरहरादेखि वडा नं १३ को अरिहन्त मल्टिफाइवर्ससम्म, पूर्व–पश्चिम सडकमा बुढी खोला (मिलन चोक) देखि लगुना चोक बिजुली अफिससम्म, इटहरीबाट साथी फ्यूल, वडा नं १० टावर हुँदै वडा नं ११ खेटीपुलसम्म सेवा दिनेछ।

त्यस्तै नहरको बाटो हुँदै इटहरी, इटहरीबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै इटहरी, इटहरीबाट तालतलैया, त्रिभुवन चोक, देविस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै इटहरी , इटहरीबाट लविपुर, वडा नं १६, वडा नं १५ को चाँदवेला सीमाना हुँदै वडा नं १७ कार्यालय र कान्छी चोक हुँदै इटहरी चोक आइपुग्ने उपमहानगरले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै