मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

संसद्को वेलमै सत्तापक्ष र विपक्षी सांसदहरूले एक अर्कोलाई चेतावनी

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१७ जेठ २०८३, आइतबार

झापा / प्रतिनिधिसभाको बैठक कक्षको वेलमै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच एक अर्कालाई औला ठड्याएर चेतावनी दिएका छन् ।प्रतिनिधिसभा नियमावलीमाथि दफावार छलफल सकेर सभा संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारीमा थियो । विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा नियमावलीलाई संसदीय समितिमा दफावार छलफलका लागि लगिनुपर्ने माग राखे ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले ‘संशोधनहरूलाई विषयगत समितिमा पठाइयोस्’ भनेर माग राखिन् ।

तर, सभामुखले दफावार छलफल सदनमै गरियोस् भन्ने कार्यसूची तय भएको र त्यसअनुसार अगाडि आएको भनेर सदन अगाडि बढाए ।

प्रतिनिधिसभा नियमावलीको मस्यौदामा ३५ वटा संशोधन परेको छ । सभामुखले संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्न थालेपछि विपक्षी दलका सांसदहरू वेलमा पुगे । नाराबाजी गरे । सभामुखको भूमिका माथि प्रश्न उठाए ।

विपक्षी दलका एक जना सांसद रोष्ट्रम नजिक नै पुगिन् । मर्यादापालकले रोके ।

वेलमा सत्तापक्ष र विपक्षी सांसदहरूलाई छेकेर मर्यादापालक बसेका थिए । तैपनि उनीहरू एक अर्कोलाई ठेलेर सभामुखको भूमिको समर्थन र विरोध गर्न थाले ।

त्यसक्रममा सभामुखले पटक–पटक सदनको मर्यादा कायम राख्न आग्रह गरे । अन्तिममा सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभा नियमावली आजै पास गर्ने सत्तारुढ दलको तयारी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै