सूचना केन्द्रमा तोडफोड

देश प्रदेश डेस्क 5096+ समाचार ( )
१६ पौष २०८०, सोमबार
झापा ।  कास्कीको माछापुच्छ्रे गाउँपालिकाले मर्दी हिमाल नजिक राखेको सूचना केन्द्रमा तोडफोड भएको छ । मर्दी पदमार्गमा पुग्ने पर्यटकको सूचना संकलन गर्न २ महिनाअघि पालिकाले सूचना केन्द्र राखेको हो । केही होटल व्यवसायीले केन्द्रमा तोडफोड गरेका गाउँपालिकाले जनाएको छ ।

पालिकाका प्रबक्ता गणेश आचार्यले विज्ञप्ती जारी गरि नेपालको संविधान अनुसार नै आफुहरुले काम गरेको भन्दै तोडफोड गर्नेलाई कारबाही हुने बताए । ‘कानूनको अधिनमा रहेर गाउँसभाले गरेको निर्णयानुसार केन्द्र सञ्चालन गरिएको हो,’ उनले भने, ‘यसरी तोडफोड गर्नु कानूनको ठाडो उल्लंघन भएको छ । सार्वजनिक संरचनाको तोडफोड गर्ने सजायँको भागिदार हुनुपर्ने छ ।’

उनले केही व्यवसायीले आफ्नो निहीत स्वार्थका कारण सूचना केन्द्रमा तोडफोड गरिएको दावी गरे । ‘गाउँपालिकाको विभिन्न पर्यटकीय क्षेत्रमा अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुसँग शूल्क लिने निर्णयसहित कार्यान्वयनमा गएका छौं’, उनले अघि थपे, ‘केही व्यक्तिलाई चित्त बुझेन र अहिले यस्तो गर्नुभयो ।’

आचार्यका अनुसार पालिकाले सूचना केन्द्रमा २ जना कर्मचारी समेत खटाएको थियो । जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना र माछापुच्छ्रे गाउँपालिकाको साझेदारीमा पर्यटक सुचना केन्द्र स्थापना गरिएको उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् । उनले पालिकाकै विकास र पर्यटन क्षेत्रको व्यवस्थापनका लागि शुल्क लिने निर्णय गरेको बताइन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार