मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

भद्रपुर झापा गोल्डकपको अध्यक्षमा पुनः दिपेश ढकाल

देश प्रदेश डेस्क 5416+ समाचार ( )
९ जेठ २०८३, शनिबार

झापा   भद्रपुर झापा गोल्डकपको अध्यक्षमा पुनः दिपेश ढकाल निर्वाचित भएका छन् । भद्रपुरमा शनिबार भएको गोल्डकपको दोस्रो अधिवेशनले ढकाल दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
अधिवेशनपछि भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली, उपाध्यक्षमा डिल्लीराम घिमिरे, गौरव सुब्बा, बाबुराम पराजुली र वसन्त कुमार बानियाँ निर्वाचित भएका छन् ।
महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिवमा तीर्थराज ढकाल र टहलदास मैनाली, सहसचिवमा योगेन्द्र पौडेल, कोषाध्यक्षमा अजय साहेवाला र सहकोषाध्यक्षमा नितेश बर्मा निर्वाचित भएका छन् ।
२७ सदस्यीय गोल्डकपको समिति सदस्यहरुमा अर्जुन राई, भरतचन्द्र गुरुङ, खोमकुमारी दाहाल, शमशेर तामाङ, पूर्णमाया सुब्बा लिम्बु, टेकबहादुर गुरुङ, बिक्की साह, कविन राई, प्रज्ज्वल राई, कुमार श्रेष्ठ, तोयानाथ गड्तौला, रियाज ढकाल, कुमार गिरी र मुकेश मित्रुका निर्वाचित भएका छन् ।
यसैबीच, अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, कोशी प्रदेशसभाका पूर्व साँसद वसन्त कुमार बानियाँ, प्राध्यापक कृष्ण कुमार मैनाली, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका पूर्वअध्यक्ष टिकराज ढकाल, भद्रपुर–१० का वडा अध्यक्ष टेकबहादुर खड्कालगायतले शुभकामना व्यक्त गरेका थिए ।

महासचिव जीवनकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष ढकालले स्वागत तथा औचित्यमाथि प्रकाश पारेका थिए । सचिव तीर्थराज ढकालले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार