मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

गाैरकाे हार्डवेयर पसलमा आगलागी, लाखाैं क्षति

देश प्रदेश डेस्क 5476+ समाचार ( )
साङ्केतिक तस्विर
२६ जेठ २०८१, शनिबार

झापा ।  रौतहटको सदरमुकाम गौरको एक हार्डवेयर पसलमा भएको आगलागीबाट लाखौँ रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ। गौर-५ हनुमान चोक स्थित महतो हार्डवेयरमा गए राति भएको आगलागी १५ लाखभन्दा बढीको सामान जलेर नष्ट भएको हो ।

महतो हार्डवेयर गोदाममा शुक्रवार राति पौने १२ बजे आगलागी हुँदा गोदाममा रहेको रङ्ग ,पेन्ट बनाउने मेसिन २ थान , ल्यापटप -२ थान, मोटर -१६ थान, सिपिभिसी फिटिङ्ग, पिभिसी फिटिङ्ग, पल्मबिङ्गका सामाग्री, सयौँ थान रङका बाल्टिन लगायतको सामान जलेर नष्ट भएको छ।

हार्डवेयरको उक्त गोदामसँगै रहेको अर्को गोदाम, हार्डवेयर पसल र रामबाबु मोटरसाइकल वर्कसपमा समेत आंशिक क्षति पुगेको छ।

गौर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत् सर्टसर्किट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता डीएसपी एलिजा गिरीले आगलागीबाट १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको बताइन् । यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिएकी छिन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै