मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

बस दुर्घटना हुँदा ३० जनाको मृत्यु

देश प्रदेश डेस्क 5487+ समाचार ( )
६ फाल्गुन २०८१, मङ्गलबार

 बोलिभियामा एउटा बस दुर्घटना हुँदा ३० जना मानिसको मृत्यु भएको छ । चालकले नियन्त्रण गुमाउँदा दक्षिण पश्चिमी जिल्ला योकल्लामा ८०० मिटर तल बस खसेको स्थानीय प्रहरीले बताएका छन् ।

यस घटनामा १४ जना घाइते भएको बताइएको छ । घाइते हुनेमा चार जना बालबालिका पनि भएको स्थानीय अस्पतालका एक अधिकारीले भनेका थिए ।

घाइतेमध्ये कयौँको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटना पोतोसी र ओरुरो सहरको बिचमा भएको हो । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अधिकारीहरूको भनाइ छ ।

यो दक्षिण बोलिभियामा यो वर्षको अहिलेसम्मकै गम्भीर सडक दुर्घटना भएको बताइएको छ । बोलिभियामा सडक दुर्घटना आम घटना हुन् । गएको महिना पोतोसी नजिक भएको अर्को सडक दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार