मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

बेवारिसे अवस्थामा भेटिएका वृद्ध र महिलालाई मानव सेवा आश्रमको सहारा

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२७ श्रावण २०८३, बुधवार

बिर्तामोडबाट दुई जनाको उद्धार गरी मानव सेवा आश्रम मेचीनगर पठाइएको छ। कृषिथोक नजिकै कनकाई रोडमा बेवारिसे अवस्थामा रहेका ९० वर्षीय गौरीशंकर साहु र बिर्तामोड नगरपालिका–७ स्थित तित्रीडाँगीकी ४२ वर्षीया आलेखा बेगम मियालाई उद्धार गरी आज मानव सेवा आश्रम पठाइएको हो।

बिर्तामोड नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको नेतृत्वमा नगर प्रहरीसहितको टोलीले उनीहरूलाई उद्धार गरेको हो। उद्धारपछि दुवै जनालाई मानव सेवा आश्रमका झापा जिल्ला संयोजक खगेन्द्र विश्वकर्मासहितको टोलीलाई जिम्मा लगाइएको कार्यवाहक नगरप्रमुख सङ्ग्रौलाले जानकारी दिए । 

मिया मानसिक असन्तुलनका कारण बजार क्षेत्रमा जथाभाबी हिँड्ने गरेको र साहु कनकाई रोडमा बेवारिसे अवस्थामा भेटिएपछि उद्धार गरिएको नगरपालिकाले जनाएको छ।

कार्यवाहक नगरप्रमुख सङ्ग्रौलाका अनुसार बिर्तामोडबाट हालसम्म ३२ जनाभन्दा बढीलाई उद्धार गरी मानव सेवा आश्रम मेचीनगरमा पठाइएको छ। मानव सेवा आश्रमका झापा जिल्ला संयोजक विश्वकर्माका अनुसार हाल मेचीनगरस्थित आश्रममा १०८ जना आश्रित छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार