मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

यी तीन घण्टा विमानस्थल प्रयोग गर्दा एयरलाइन्सले डेढ लाख तिर्नुपर्ने

देश प्रदेश डेस्क 5360+ समाचार ( )
५ माघ २०८०, शुक्रबार

अब एयरलाइन्सहरूले विस्तारित समयमा विमानस्थल प्रयोग गरेवापत प्रति घण्टा ५० हजारका दरले शुल्क तिर्नुपर्ने भएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बिहीबार वायुसेवा कम्पनीहरूलाई पत्राचार गर्दै यस्तो शुल्कबारे जानकारी गराएको हो। 

कार्यालयका अनुसार आन्तरिक उडानमा अब रातको १ बजेदेखि बिहान ६ बजेसम्मको समयलाई विस्तारित समय तोकिएको छ। त्यस्तै अन्तर्राष्ट्रिय उडानमा रातीको ३ बजेदेखि बिहान ६ बजेसम्मका लागि विस्तारित समय तोकिएको छ।

यो समयमा विमानस्थल प्रयोग गरेवापत सम्बन्धित एयरलाइन्सहरूले प्रतिघण्टा ५० हजारका दरमा शुल्क तिर्नुपर्ने छ। 

गत पुष १० गतेदेखि यो व्यवस्था लागु भएको कार्यलयले बताएको छ। कार्यलयका अनुसार यदि विस्तारित समयको अन्तिम घण्टामा विमानस्थल प्रयोग गरिएमा पनि सुरूदेखिकै शुल्क लाग्नेछ। 

त्यस्तै पहिलो एक घण्टा पुरै एक घण्टाको दरमा शुल्क लाग्नेछ भने त्यसपछि जति मिनेट भएपनि आधा घण्टाको हिसाबले शुल्क लाग्नेछ। 

वायुसेवा कम्पनीहरूले भने विमानस्थल पूर्ण क्षमतामा नचलाएर शुल्क भार मात्र थुपारेको बताइरहेका छन्।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै