मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |
मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |


जङ्गली हात्तीले घर भत्काएपछि बिचल्ली

देश प्रदेश डेस्क 5095+ समाचार ( )
३ माघ २०८०, बुधवार

झापा गाउँ पसेको जङ्गली हात्तीको समूहले घर भत्काएपछि वराहक्षेत्र नगरपालिका वडा नं. २ रेल्वे लाइन बस्ने एक परिवारको बिचल्ली भएको छ । 

सोमबार मध्य राति दर्जन बढी सङ्ख्यामा आएको हात्तीको समूहले बाँस र खरले बनाएको टहरा पूर्णरूपमा भत्काएपछि बुद्धिबहादुर परियार घरबारविहीन बनेका छन् ।

राति आएका हात्तीले घरमा राखिएको एक मन धानलगायत भाँडाकुँडा, नुन, तेल, लत्ता कपडा र घरमा भएका सम्पूर्ण सामान नष्ट गरिदिएको दैनिक ज्यालादारी गर्ने वीरबहादुर परियारले बताए । वडाको करम खोलानजिकै रहेको स्थानीय भवानीप्रसाद गौतमको जग्गामा दुई साना बच्चा र श्रीमतीसहित बस्दै आएका परियारलाई अहिले जग्गा धनी गौतम र छिमेकीले खाना दिएर तत्कालको लागि राहत दिएका छन ।

राति घरअगाडि आगो बालेर भित्र पसेको तर आधा घण्टापछि आएको हात्तीको समूहले बारीमा लगाइएका केराका बोट भाँच्न थालेपछि  अँध्यारोमा परिवारसहित भागेर ज्यान बचाएको उनले बताए । हात्तीले घर पूरै भत्काएपछि खान र बस्नका लागि केही नरहेको उनले बताए । ‘अहिले हामीसँग केही छैन, न खाने अन्न, न सुत्ने ओछ्यान, भएको टहरा पनि भत्कियो’–वीरबहादुरले भने ।

हात्तीको समूहले खेतमा लगाएको २ सय बोट केरा नष्ट गरिदिएको स्थानीय भवानी गौतमले बताए । हात्तीको समूह सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहरको पारितर्फ रहेको पुल्ठेगौंडामा गएर स्थानीय युवराज सिग्देल र गोमा कार्कीको करिब एक सय बोट केरा र १ कठ्ठामा लगाएको जै घाँस नष्ट गरेका छन् ।

यसैगरी जितबहादुर खड्काको अढाई कठ्ठामा लगाएको तोरी तहस–नहस गर्नुका साथै खड्काका छिमेकी सुनिता तामाङको २ कठ्ठा क्षेत्रमा लगाइएको मुला, तोरी र मकै बाली नाश गरेको पीडित सुनिताले बताइन् । गाउँमा एक डेढ घण्टा उत्पात मच्चाएपछि गाउँलेहरू रातभर सुत्न नसकेको पीडित सिग्देलले बताए । ३ दिनदेखि लगातार समूहमा आएका हात्ती अहिले कोशी नदी तरेर पारि उदयपुरतर्फ गएको गाउँलेले बताए ।

करिब २५ वटाको सङ्ख्यामा आएका हात्तीले मुनेश्वर बहरदारको घरको भान्सा घर र सुत्ने कोठाहरू भत्काइदिएका छन् भने टेलिभिजनसहित ५० किलो चामल, र करिब २० किलो आलुलगायत खाद्यान्न नष्ट गरिदिएको बहरदारले बताए ।

समूहमा धेरै छावा(हात्तीको बच्चा) र दाह्रा भएका दुईवटा हात्ती रहेको पीडितहरूले बताए । हात्ती कहिले राति १२ बजे त कहिले साँझ ७ बजे नै आउने हुँदा जाडोमा ढुक्क भएर सुत्न नसकी जाग्राम बस्नु परेको स्थानीयको भनाइ छ ।

हात्तीका कारण गाउँलेहरू त्रासमा बस्दा पनि सरोकारवाला मौन रहेको पीडितहरूको गुनासो छ । हात्तीले  स्थानीय पुनर्वासका दिनेश श्रेष्ठको टिनले छाएको एक तले घरको भित्ता भत्काएको छ भने २ दिनअगाडि बुना न्यौपानेको बारीमा लगाएको केरा र हीरामणि नेपालको भान्साघर नष्ट गरिदिएको स्थानीय दुर्गादेवी बुढाथोकीले बताइन् ।

सोमबार हात्तीले क्षति गरेको विषयमा बुझ्न वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतम र प्रहरी तथा वडा सदस्यहरू आएको पीडितहरूले बताए । उनीहरूले आफूलाई तत्काल राहत चाहिएको बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार