झापा । झापाको बाह्रदशी गाउँपालिका वडा नं १ खुैरबारी स्थित मोटरसाइकल र स्कुटर एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने नाबालक सहित दुईजना घाइते भएका छन्।
मृत्यु हुनेमा स्कुटर चालक कचनकवल गाउँपालिका ३ बस्ने वर्ष ६० काे श्रीप्रसाद राजबंशी रहेका छन् भने मोटरसाइकल चालकको हालसम्म पहिचान नखुलेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा कचनकवल गाउँपालिका वार्ड नं ३ बस्ने २७ बर्षीया उर्मिला राजबंशी र निजका छोरा ३ बर्षीय आयुष राजवंशी रहेका छन् । उनीहरूको गम्भीर अवस्था रहेकोले उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको प्रहरीले जानकारी दिएको छ।
बुधबार अन्दाजी १५:४० बजेको समयमा झापाकाे बाह्रदशी गाउँपालिका- १ खैरबारी स्थित भित्री सडक खण्डमा राजगढबाट कुटीतर्फ जादै गरेको बीआर ३७ एजेड 6440 नम्बरको मोटरसाइकल र बिपरीत दिशावाट आउँदै गरेको प्र.१-०१-०१६ प ९२७० नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए। ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक र मोटरसाइकल चालकलाई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाईएकोमा ४:४० बजे दुबै चालकको मृत्यु भएको छ ।
दुबै सवारी साधन इलाका प्रहरी कार्यालय राजगढको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।